मगर मुक्ति मोर्चा, नेपाल नवलपुरको चौथो भेला सम्पन्न

मगर मुक्ति मोर्चा, नेपाल नवलपुरको चौथो भेला सम्पन्न

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति मोर्चा, नेपाल नवलपुरको चौथो जिल्ला भेला सम्पन्न भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिकास्थित चोरमारामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मगर मुक्ति मोर्चा, नेपालको केन्द्रीय महासचिव इन्द्रबहादुर घर्ती मगर, अतिथिमा मगर मुक्ति मोर्चा लुम्बिनी ब्युरो संयोजक हरि घर्ती, नेकपा नपलपुर जिल्ला सेक्रेटरी शितल, सहिद परिवारको तर्फबाट मंगलसेन, जिल्ला जनपरिषद् प्रमुख विशाल लगायत विभिन्न जनवर्गीय सङ्गठनका जिल्ला प्रमुखहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले जातीय पहिचान सहितको सङ्घर्षलाई वर्गीय आन्दोलनमा जोड्नुपर्ने बताएका थिए । साथै पुँजीवादी संसदीय व्यवस्थामा जातीय विभेद कायम रहिरहने भन्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको बाटोमा अग्रसर रहन समेत आग्रह गरेका बताइएको छ । भेलाले बेल सारुको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :