नेकपा घोराही उप–महानगर कमिटीको बैठक सम्पन्न

नेकपा घोराही उप–महानगर कमिटीको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी घोराही उप–महानगरपालिका कमिटीको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

नेकपा घोराही उप–महानगर कमिटीका इन्चार्ज/सेक्रेटरी तिलकको सञ्चालन तथा अध्यक्षता भएको बैठकको प्रमुख आतिथ्य नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले गरेका थिए ।

बैठकमा प्रशिक्षाणात्मक मन्तव्य राख्दै नेता प्रदिपले राज्य आफूहरूसँग भएको तीनबुँदे सहमतिप्रति इमान्दार नभएको बताए । उनले भने, “हामी सहमतिको पूर्ण कार्यान्वयन गरिरहेका छौँ तर, राज्य बन्दुकको भासा बोलिरहेको छ ।” नेता प्रदिपले संसदीय व्यवस्थाको असफलताले जनता र राष्ट्र चरम सङ्कटमा रहेकाले निकासका लागि आफ्नो पार्टीले प्रगतिशील संयुक्त सरकार अबिलम्ब गठन गरि जनमतसङ्ग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिन एजेन्डा अघि सारेको बताए ।

बैठकले कात्तिक १३ गते घोराहीमा विप्लवले सम्बोधन गर्नुहुने युवा सङ्गठन नेपालको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह भव्य रुपमा सफल पार्न तयारी गर्ने, एमसीसी सम्झौताका विरुद्ध सङ्घर्ष गर्ने, सामाजिक विभेद, बिकृति, बिसङ्गतिका विरुद्ध सङ्घर्ष गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकमा युवा सङ्गठन नेपालका केन्द्रीय संयोजक पाटन, नेकपा गढवा गाउँपालिका सेक्रेटरी महान, राष्ट्रिय थारु मुक्ति मोर्चाका दाङ संयोजक चुलुवा, अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष डिल्ली, युवा सङ्गठन नेपाल दाङका जिल्ला इन्चार्ज मनोजको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :