वैज्ञानिक समाजवाद या प्रजातान्त्रिक समाजवाद : सुदर्शन

युवा संगठन नेपाल रुकुमको चौथो जिल्ला सम्मेलनको उद्घाटन

वैज्ञानिक समाजवाद या प्रजातान्त्रिक समाजवाद : सुदर्शन

खलंगा, पश्चिम रुकुम : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले नेपालका समाजवादी भन्नेहरुले या त वैज्ञानिक समाजवाद या प्रजातान्त्रिक समाजवाद भनेर जानुपर्ने भन्दै वैज्ञानिक समाजवाद नै जनताको उत्तम व्यवस्था भएको बताएका छन् ।

रुकुम पश्चिमको चौथो युवा सम्मेलनको मंगलबार खलंगामा उद्घाटन गर्दै सुदर्शनले वैज्ञानिक समाजवाद वा प्रजातान्त्रिक समाजवाद भन्दा अर्को समाजवाद भन्नेहरुको समाजवाद हिजडा समाजवाद भएको बताएका छन् । उनले भने – ‘हाम्रो पाटीले वैज्ञानिक समाजवाद भनेको छ बाटो क्लियर छ, अर्को काँग्रेसले प्रजातान्त्रिक समाजवाद भनेको छ त्यो पनि बाटो क्लियर छ, तर प्रचण्डहरुले समाजवाद मात्र भनेका छन् यस्तो खाले समाजबाद हिजडा समाजवाद हो । साथीहरुले या त वैज्ञानिक समाजवाद भन्नुपर्यो या त प्रजातान्त्रिक समाजवाद भन्नुपर्यो विचमा रहने हो भने दुवैतिरबाट घुस्सा लाग्छ ।’

सरकारले आफ्नो पाटीसँग गरेको ३ वुँदे सहमति इमान्दारीतापुर्वक लागु नगरेको भन्दै सरकारले यसलाई अक्षरस पालना गर्नुपर्ने बताए । सरकारले आफ्नो पार्टीसँग गरेको सहमति अनुसार एकजना पनि रिहा नगरेको उनले बताए । उनले ‘भने हामीलाई सरकारले ३ वुँदे सहमति अनुसार छोडेको होइन । हामीलाई त अदालतले छोडेको हो । हाम्रा १ सय २५ भन्दा बढि साथीहरु जेलमा हुनुहुन्छ ।’

नेपालमा संसदीय व्यवस्था असफल भैसकेको भन्दै सुदर्शनले यो व्यवस्थामा हुने चुनावले दलालहरु, भ्रस्टहरु र ठेकेदारहरु चुन्ने भएकोले संसदीय चुनाव नभई देशमा अब व्यवस्थाको फैसला गर्ने चुनाव जनतालाई दिनुपर्ने बताए । नेपालको दलाल संसदीय व्यवस्था निकै कमजोर भैसकेको भन्दै उनले नेपालमा यदि व्यवस्था छान्ने अधिकार जनतालाई नदिए एकिकृत जनक्रान्तिको आधिवेहरीले दलालहरुलाई बगाएर लैजाने बताए ।

युवा सम्मेलनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहेका सुदर्शनले एमसिसि नेपालमा लागु भए देश निकै ठुलो संकटमा फस्ने भन्दै यहाँका दलालहरुले एमसिसिको रकम बाँडेर खाने र पास गर्ने कोसीस गरेको बताए ।

कार्यक्रममा बोल्दै नेकपाका रुकुम जिल्ला इन्चार्ज विश्वले रुकुममा जनार्दनहरुको एकाधिकार छ र रुकुम माओवादीमय छ भन्ने भ्रम सिर्जना गरिएको भन्दै संशोधनवादमा फसेको पार्टी माओवादी केन्द्र अव आन्तरिक रुपले ध्वस्त भैसकेको बताए । उनले प्रचण्डले बाहिर बोल्दा विप्लवसँग मिलेर अर्को युद्ध गर्छु भन्नु तर पार्टीभित्र आत्म हत्या गर्दछु भन्नु विछिप्त मानसिकताको उपज भएको बताए । उनले भ्रस्टाचारीहरुलाई तह लगाउने काम आफ्नो पार्टी र युवा संगठनको भएको वताउँदै रुकुमका भ्रस्ट्राचारीहरुको पहिचान गरेर लिस्टीङ गर्ने बताए ।

यस्तै युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटन जंगलीले नेकपाले अघि सारेको कार्यदिशाप्रति जनताको आकर्षण वढ्दै गएको बताए । उनले यो सरकार भ्रष्टाचारीलाई संरक्षण गर्नतिर लागेको भन्दै प्रचण्ड बाबुरामहरु जनयुद्धको एजेन्डाबाट चिप्लिएर दलालहरुको एजेन्डामा गएपछि दलाल संसदीय व्यवस्थामा पतन भएको बताए । जालि फटाहहरुलाई तह लगाउने र भ्रस्टाचारीहरुलाई कार्वाही गर्ने काम युवा संगठनको भएको बताए ।

कार्यक्रममा नेकपा रुकुमका सेक्रेटरी चन्द्रले संघियता र समावेशिताको नाममा स्थानीय सरकारहरुले भ्रष्टाचार, वेथिति र ब्रह्मलुट मच्चाउने काम गरेकोले यसका विरुद्ध आफ्नो पार्टीले संघर्ष गर्ने बताए ।

यस्तै अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य नारायण भण्डारीले कोरोनाको कारण सरकारले विद्यालयहरु बन्द गरेको तर शुल्क खुला राखेर ब्रह्मलुट गरेको भन्दै राज्यका तहमा भएका अत्याचार वेथितिहरुको आवाज उठाउनेहरुमाथि सरकारले प्रतिवन्ध लगाउने गरेको बताए ।

कार्यक्रममा अखिल(क्रान्तिकारीका केन्द्रीय सदस्य तथा राप्ति संयाेजक दिपक विस्टले नेपालका दलाल शासकहरुको कारण राष्ट्रियता खतरामा परेको भन्दै राष्ट्रियता रक्षाको आन्दोलन र शैक्षिक माफिया विरुद्धको आन्दोलनमा आफ्नो संगठन लड्ने बताए ।

कार्यक्रममा नेकपाका पुर्व सेक्रेटरीहरु नरेन्द्र र हिरामणी युवा संगठनका राप्ती व्युरो संयोजक तिलक योगी, नेकपाका जिल्ला सल्लाहकार समितिका संयोजक सार्थक यस्तै मोतिराम, सटगन, भास्कर, सुरेन्द्र, अनिता, प्रेम, हरी, सोमपाल, गम्भिर,चिर्को, गणेश, हरिष लगायतको आतिथ्यता थियो । सम्मेलनको अध्यक्षता युवा संगठन नेपालको आयोजक समितिको जिल्ला संयोजक विवेक र संचालन शिवले गरेका थिए । कार्यक्रममा सिस्ने साँस्कृतिक परिवारले विचविचमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । सभा हुनुभन्दा अगाडि जुलुसले बजार परिक्रमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :