नेकपा पाँचथरले जिल्ला प्रशासन कार्यालय अगाडि दियो धर्ना

नेकपा पाँचथरले जिल्ला प्रशासन कार्यालय अगाडि  दियो धर्ना

नेपाल कम्युनिस्ट पार्टी पाँचथरले जिल्ला प्रशासन कार्यालय अगाडि केन्द्रिय कार्यक्रमअनुसार धर्ना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी र सरकार बिच गरिएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै तीन बुँदे सहमति कार्यन्वयनको लागि वर्तमान सरकारलाई दबाब सृजनाका लागि नेपाल कम्युनिस्ट पार्टी पाँचथरले जिल्ला प्रशासन कार्यालय धर्ना दिएको हो ।

उक्त धर्ना कार्यक्रमको संचालन पाँचथर जिल्ला सेक्रेटरी सन्तोष बिष्टले गरेका थिए । साथै उक्त धर्ना कार्यक्रममा सम्बोधन नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा ताप्लेजुङ पाँचथर जिल्ला सयुक्त इन्चार्ज जोखिम बोहराले गरेका थिए ।

सम्बोधनका क्रममा उनले तीन बुँदे सहमति कुनै व्यक्ति वा कुनै पार्टीका नेता कार्यकर्तासँग नभई नेपाल सरकारसँग सहमति पत्रमा हस्ताक्षर गरेकाले वर्तमान सरकार यो सहमतिप्रति गम्भीर हुनुपर्ने बताए । यदि सरकारले सहमतिलाई बेवास्ता गरे राज्यले कुनै पनि बेला ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिए । जिल्ला प्रशासनको निषेधित क्षेत्र तोडि जिल्ला प्रशासन भित्र नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद,
तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गर, वैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, आस्थाका बन्दीहरुलाई रिहाई गर जस्ता नारासहित कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :