३ बुँदे सहमति कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा धर्ना

३ बुँदे सहमति कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा धर्ना

नेपाल कम्युनिस्ट पार्टी रामेछापले ३ बुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई दबाबका लागि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । रामेछापको बसपार्कबाट सुरु भएको नारा जुलुससहितको विरोध र्याली जिल्ला प्रशासन कार्यलयमा पुगि धर्नामा बसेको थियो । धर्नापछि कोण्सभा गरिएको बताइएको छ ।
कोणसभा कार्यक्रमको सन्चालन पार्टीका विशेष कमिटी सदस्य कुलदीप थापा मगर अभिलासले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी रामेछापका जिल्ला सेक्रेटरी इन्द्र श्रेष्ठ पवनले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै पवनले नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच गरेको तीन बुँदे सहमति अक्षरस पालाना गर्नु पर्ने बताए । पार्टी सहमति पालना गर्दै अगाडि बढेपनि सरकारले सहमति कार्यान्वयन नगरेको, आस्थाका बन्दीहरुलाई नछाडेको, मुद्दा खारेज नगरेको उनले बताए । नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनकान्तिमार्फत वैज्ञानिक समाजवाद लागू गर्न खोजेको बताउदै दलाल संसदीय व्यवस्थाका विरुद्ध प्रगतिशील संयुत्तm सरकार र जनमतसंग्रहमार्फत वैज्ञानिक समाजवाद कि दलाल संसदीय व्यवस्था छान्ने अधिकार नेपाली जनतालाई दिनुपर्ने बताए । धर्ना कार्यक्रमको सञ्चालन यमन बस्नेत गुन्जनले सन्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :