युवा संगठन नेपाल सर्लाहीको तेस्रो भेला सम्पन्न

युवा संगठन नेपाल सर्लाहीको तेस्रो भेला सम्पन्न

युवा संगठन नेपाल सर्लाहीको तेस्रो भेला सम्पन्न भएको छ । भेलाले भरत पुलामीको अध्यक्षतामा ११ जिल्ला समिति चयन गरेको छ । भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य तथा सर्लाही, रौतहट जिल्ला इन्चार्ज मिसन शाही, विशेष कमिटी सदस्य जनक राउत, पवन महत्तो, युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा जनकपुर ब्यूरो इन्चार्ज बिचारमान थिङ, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य तथा जनकपुर ब्युरो संयोजक पदम मगर, अखिल नेपाल क्रान्तिकारी किसान महासंघका केन्द्रिय सदस्य किसुनदेब शर्मा, अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला संयोजक अर्पन पौडेल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै मिसन शाहीले संसदिय व्यवस्था खारेजी गरिनु पर्ने र सबै उत्पीडित वर्गको रक्षा गर्ने जनताको व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्थामा सबै युवाहरु एक भएर अगाडि बढ्नुपर्ने बताए ।

जनकले बाँकी क्रान्ति पूरा गर्न सबै नागरिकलाई साथ दिन अपिल गरे ।पवन महतोले क्रान्तिको नेतृत्व युवाहरुले नै गर्नु पर्ने बताए । किसुनदेब शर्माले वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त नभएसम्म सबै मधेशी समुदाय लगायत सबै नागरिकले क्रान्तिलाई साथ दिनु अपिल गरे । पार्टीका सेक्रेटरी कमल सुस्लिङले सबै निर्वाचित युवाहरुलाई बधाई तथा शुभकामना मन्तव्य राखे ।

केन्द्रिय सदस्य बिचारमानले सम्पूर्ण क्रान्तिकारी युवाहरुको नेतृत्व गर्न युवा संगठन तयार रहेको बताए । भ्रष्टाचार, कालाबजारी, सुदखोर, माफियहरुको अन्त्य गर्न युवाहरु तयार हुनुपर्ने समेत बताए । संसदवादी दलालहरुले कमिसनको लोभमा एमसीसी नेपालमा भित्र्याएर नेपाललाई गुलाम बनाउनु खोजेको आरोप लगाए । भेलाको अध्यक्षता भरत पुलामीले गरेका थिए भने स्वागत मन्तव्य तारा लामाले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :