युवा संगठन कास्कीको तेस्रो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा प्रमोद

युवा संगठन कास्कीको तेस्रो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा प्रमोद

पोखराः नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कास्की जिल्लाको तेस्रो जिल्ला सम्मेलन असोज शनिबार पोखरामा सम्पन्न भएको छ ।

एकीकृत जनक्रान्तिको कार्यभार पूरा गर्न दलाल संसदीय व्यवस्थाका विरुद्द सशत्तm युवा आन्दोलन, वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका निम्ति तेस्रो जिल्ला सम्मेलन भन्ने मूल नाराका साथ सम्मेलन सम्पन्न भएको हो । कार्यक्रम सम्मेलन आयोजक समितिका संयोजक प्रमोद सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।

यस्तै सम्मेलन युवा संगठन नेपालका महासचिव सागरको प्रमुख अतिथ्यतामा भएको थियो भने विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुली, युवा संगठन नेपाल गण्डक धौलागिरी संयोजक इन्द्र विक्रम लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन युवा संगठन नेपाल कास्की जिल्ला सम्मेलन आयोजक समिति सदस्य तथा निवर्तमान सचिव निशानले गरेका थिए ।

सम्मेलनको उद्घाटनसँगै सुरु भएको बन्द सत्रद्वारा युवा संगठन कास्कीले प्रमोद सिंह अध्यक्ष रहने गरी २३ सदस्यीय जिल्ला समिति सर्वसहमतिले चयन गरेको छ भने संगठनको सचिव निशान, सहसचिव डोल्मा मोक्तान, उपाध्यक्ष धर्ति, कोषाध्यक्षमा गोपाल लगायत २३ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । यस्तै निर्वाचित सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि सागरले सपथ खुवाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :