नेकपा सिन्धुली हरिहरपुरगढी गाउँ कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न

नेकपा सिन्धुली हरिहरपुरगढी गाउँ कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सिन्धुली हरिहरपुर गढी गाउँ कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।
बैठकका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका विशेष कमिटी सदस्य शशी राई र अतिथिहरुमा पार्टीका जिल्ला सेक्रेटरी गोपाल ब्लोन, ग्याङलेक गाउँपालिका इन्चार्ज ज्ञान बहादुर मोक्तान, मान बहादुर वाइबा लगायतको उपस्तिथि रहेको थियो ।
बैठकको अध्यक्षता कपिल वाईबाले गरेका थिए । बैठकमा उपस्थित सबैलाई शशी राईले १० वर्षे जनयुद्धको अपूरो कार्यभार पार्टीको नेतृत्वमा पूरा गर्ने हुँदा सबै जनसमुदायले साथ दिनु अपिल गरे ।
सेक्रेटरी गोपालले संसदिय व्यवस्थाको खारेजी प्रगतिशील संयुक्त सरकार द्वारा वैज्ञानिक समाजवादी व्यवस्थाको निम्ति सम्पूर्ण किसान, मजदुर, युवा,र विद्यार्थी गोलबन्द हुन अपिल गरे ।
बैठकले विकृति, विसङ्गति, महालेखा परिक्षकले निकालेको बेरुजु विरुद्ध संघर्ष गर्ने निर्णय गरेको बताइएको छ ।
यस्तै बैठकले गाउँपालिका, वडा, गाउँ स्तरमा समिति निर्माण गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :