गोदावरीका जनताको खेतबारीमा नेकपाको अभियान टोली

गोदावरीका जनताको खेतबारीमा नेकपाको अभियान टोली

नेपाल कम्युनिष्ट पार्टी गोदावरी नगर समितिको टोली जनताको खेतबारीमा श्रमदान गरिरहेको छ ।कैलाली जिल्ला समितिले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन विस्तार अभियान अन्तर्गत अभियान टोली र नगर समितिको टोलीले जनश्रमदान गरेको हो।

आफ्नो पार्टीको पछिल्लो निती र कार्यक्रम लिएर जनताका बिच संगठन विस्तार गरिरहेको नेकपाले जनश्रमदान गर्ने, सडक मर्मत तथा सरसफाइ, पीडित जनतालाई न्याय दिलाउन पहल गर्ने लगायत जनसेवाका कामसमेत गरिरहेको जनाइएको छ। जनताको घरदैलोमा बसिरहेको बेला गोदावरी न.पा. ५ स्थित अग्नु चौधरीका घरका परिवारसंगै खेतबारीमा धान काटेर सहयोग गरिरहेको गोदावरी नगर सेक्रेटरी साजनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :