कैलालीमा सञ्चालित नेकपाको अभियान गोदावरी नगरपालिकामा

जनता र पार्टीबिचको सम्बन्ध सुमधुर बनाउँदै

कैलालीमा सञ्चालित नेकपाको अभियान गोदावरी नगरपालिकामा

कैलालीमा नेपाल कम्युनिष्ट पार्टीद्वारा सञ्चालित सुदृढ जनसम्बन्ध तथा संगठन विस्तार अभियान गोदावरी नगरपालिकामा पुगेको छ। कैलालीका विभिन्न स्थानीय तहहरूमा कार्यक्रम सम्पन्न गर्दै संगठन विस्तार गरिररहेको अभियान टोलीले गोदावरी नगरपालिकाको वडा नम्बर ९ बल्मीस्थित कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा अभियान टोली प्रमुख मधुसूदन, गोदावरी नगर इन्चार्ज पवित्र लगायतले सम्बोधन गरेका थिए ।उनिहरूले शान्ति,जनअधिकार र समृद्धिका लागि वैज्ञानिक समाजवाद आवश्यक भएको बताए ।संसदिय व्यवस्थाका कारण देशमा भ्रष्टाचार, राष्ट्रघात र अस्थिरता बढिरहेको बताउँदै संसदिय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तिलाई साथ दिन जनतालाई अनुरोध गरे।

पार्टीमाथिको प्रतिबन्धका कारण जनताका बिचमा खुला कार्यक्रम लिएर जान नसकेको नेकपाले पछिल्लो समय अभियान मार्फत जनताका बिचमा व्यापक कार्यक्रम सहित संगठन विस्तार गरिरहेको छ। प्रतिबन्धका कारण जनता र पार्टीबिच टुटेको सम्बन्ध सुदृढ र सुमधुर गर्न अभियानले महत्वपूर्ण भुमिका निर्वाह गरेको अभियान टोली प्रमुख मधुसूदनले बताए। अभियान टोलीले शुक्रबार गोदावरी ९ बल्मीमा जौमती बिकको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारीको संगठन निर्माण गरेको गोदावरी नगर सेक्रेटरी साजनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :