अखिल (क्रान्तिकारी) जाजरकोटले गर्यो धर्ना कार्यक्रम

अखिल (क्रान्तिकारी) जाजरकोटले गर्यो धर्ना कार्यक्रम

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले धर्ना कार्यक्रम सम्पन्न गरेको छ । महिलामाथि हुने महिला हिंसा, बलात्कार, हत्याको प्रतिरोध गर्न स्वयम् महिलाहरूको लागि आत्मा सुरक्षा तालिमको ब्यबस्था गर भन्ने मुल नाराका साथ शुक्रबार भेरी नगरपालिकाको कार्यालय अगाडि धर्ना कार्यक्रम गरेको हो ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष बिराजन शाही, सङ्गठनका उपाध्यक्ष दिपेन्द्र सिंह, सङ्गठनका सचिव शितल, सचिवालय सदस्य विशाल लगायत १०० भन्दा बढी विद्यार्थीहरूको उपस्तिथिमा सम्पन्न भएको छ ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै सङ्गठनका केन्द्रीय सदस्य तथा जाजरकोट अध्यक्ष बिराजन शाहीले हामीले उठाएका मागलाई कडाइँपूर्वक लिन र सम्बोधन गर्ने सवालमा नहिचकिचाउन चेतावनी दिँदै महिलाहरूले आफ्नो अधिकार सुनश्चित गर्ने सन्दर्भमा हतियार उठाएको इतिहास रहेको बताए । उनले एकपटक आम महिला दिदीबहिनीले आफ्नो अधिकार सुनश्चित गर्नका लागि कफन बाँधेर लड्नुपर्ने अहिलेको आवश्यक रहेको जिकिर समेत गरे ।

शाहीले दलाल संसदीय ब्यबस्थाको कर्मकाण्डनै आम जनतालाई भ्रम र पसिना चुसिखाने नै हो त्यसकारण यो ब्यबस्थाबाट महिला दिदीबहिनीहरूले सुरक्षित अनुभूति गर्ने वातावरणनै नरहेकाले अब नेपाली दिदीबहिनीको सुरक्षाको ग्यारेन्टीका लागि वैज्ञानिक समाजवाद रहेकाले एकपटक एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी ब्यबस्था स्थापना गर्नको लागि लामबद्ध हुन अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :