छात्रवृत्तिमा अनियमितता गरेकोप्रति अखिल (क्रान्तिकारी) गोरखाको ध्यानाकर्षण

छात्रवृत्तिमा अनियमितता गरेकोप्रति अखिल (क्रान्तिकारी) गोरखाको ध्यानाकर्षण

गोरखा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गोरखा जिल्लाको गो.न.पा.मा रहेको बालमन्दिर माध्यमिक विद्यालयले छात्रवृत्ति वितरणमा अनियमितता गरेकोप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै सङ्गठनका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला अध्यक्ष गगन परियारले गो.न.पा अन्तर्गत वडा नं. ६ मा रहेको बालमन्दिर माध्यमिक विद्यालयले छात्रवृत्ति वितरणमा अनियमितता भएको भन्दै सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । “गरिब, असहाय, पीडित, अभिभावक विहिन भएका छोराछोरीहरूले आफ्नो भविष्य सुनिश्चित गर्न र उज्वल भविष्य बनाउनको निम्ति विद्यालयले छात्रवृत्ति उपलब्ध गराउँदछ । तर बालमन्दिर माध्यमिक विद्यालयमा उक्त छात्रवृत्ति निमुख बालबालिकालाई भन्दा पनि व्यक्तिगत मनोमानी, नाताबाद र राजनीतिक भागबण्डाको आधारमा आर्थिक स्रोत बलियो भएका आफ्ना नजिकका नातेदारका छोराछोरीहरूलाई छात्रवृत्तिको कोटामा समावेश गरिएको हुनाले हाम्रो सङ्गठनले घोर निन्दा र भ्रत्सना गर्दछ ।”

विज्ञप्तिको अन्त्यमा भनिएको छ, “तत्काल अनियमिता भएको छात्रवृत्ति सच्याउन र यदि यो वा त्यो बाहानामा विद्यालयको छात्रवृत्ति वितरण गरिब, असहाय, पीडित र अभिभावक विहिनका छोराछोरीहरूलाई समावेश गरिएन भने हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) ले जस्तोसुकै सङ्घर्षको कार्यक्रम गर्न बाध्य हुने यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछ ।”

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :