युवा सङ्गठन नेपाल शुद्धोधन गाउँपालिका ६ पुरैनी गाउँमा सपना थारु

युवा सङ्गठन नेपाल शुद्धोधन गाउँपालिका ६ पुरैनी गाउँमा सपना थारु

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल रुपन्देही शुद्धोधन गाउँपालिका वडा नम्बर ६ पुरैनी गाउँमा सपना थारुको अध्यक्षतामा १३ सदस्यीय इकाई कमिटी निर्माण भएको छ ।

सङ्गठनका लुम्बिनी व्युरो इन्चार्ज विश्लेषणको प्रमुख आतिथ्यतामा भएको भेलामा एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादी सत्ता निर्माणका लागि युवाहरू क्रान्तिमा गोलबन्द हुनुपर्ने बताए । इन्चार्ज विश्लेषणले सङ्गठनको राष्ट्रिय सम्मेलन नजिकै जाँदा भेलालाई सम्बोधन गर्दै गाउँगाउँबाट युवाहरू सम्मेलन सम्पन्न गर्न जागरुक हुनुपर्ने बताए ।

भेलाको सञ्चालन सङ्गठनका जिल्ला सदस्य रामबहादुर थारुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :