अछामको चौरपाटी गाउँपालिकाका राजनीतिक भेटघाट सम्पन्न

अछामको चौरपाटी गाउँपालिकाका राजनीतिक भेटघाट सम्पन्न

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले चौरपाटी गाउँपालिका अछाममा कर्मचारीहरूसँग राजनीतिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नेकपा अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान निरन्तरताको क्रममा उक्त कार्यक्रम सम्पन्न गरेको हो । अभियान निरन्तरतासँगै अखिल क्रान्तिकारीले पनि अछामका विभिन्न विद्यालयमा सङ्गठन बिस्तारका कामहरूलाई तिब्र रुपमा बढाएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति अछामका सचिवालय सदस्य निरक शाहीले कर्मचारीतन्त्र दलाल पुँजीवादबाट उत्पीडनमा परेको हुँदा यसबाट मुक्त हुन बैज्ञानिक समाजवाद एक मात्र विकल्प रहेको कुरा बताए । उनले देशको मेरुदण्डको रुपमा रहेको कर्मचारीतन्त्रले स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्ने भन्दै कर्मचारीको मुक्तिका निमित्त वैज्ञानिक समाजवाद अपरिहार्य रहेको बताए । शाहीले जनतालाई व्यक्ति र पार्टी चुन्ने चुनाव भन्दा एक पटक व्यवस्था चुन्ने आधिकार दिनुपर्ने बताए । उनले वर्तमान दलाल संसदीय व्यवस्था देशमा असफल भइसकेको हुँदा प्रगतिशील संयुक्त सरकारले गर्ने जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद लागू गर्नुपर्ने बताए ।

कार्यक्रममा अतिथिको रूपमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रमेश विसी, चौरपाटी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कमल साउँद लगायतका विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि लगायत अन्य नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । युवा सङ्गठन नेपाल अछामका अध्यक्ष सुशिल साउँदले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता चौरपाटी गाउँपालिकाका इन्चार्ज करण साउँदले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :