नेकपाको केन्द्रीय राजनीतिक वैचारिक प्रशिक्षण भोलि समापन हुने

नेकपाको केन्द्रीय राजनीतिक वैचारिक प्रशिक्षण भोलि समापन हुने

पर्सा (चितवन) : चितवनको पर्सामा सोमबारदेखि जारी नेकपाको केन्द्रीय राजनीतिक तथा वैचारिक प्रशिक्षण भोलि अर्थात् बिहीबार समापन हुने भएको छ । बुधबार साँझसम्म पार्टीका १११ जना सेक्रेटरी र मोर्चा प्रमुखले भौगोलिक तथा विभागीय क्षेत्रको रिपोर्टिङ गरिसकेका छन् । बिहीबार बिहान पार्टी महासचिव विप्लवले पार्टी केन्द्रीय समितिको ११ औँ बैठकद्वारा पारित प्रतिवेदन प्रस्तुत गरेपछि महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, अन्तर्राष्ट्रिय विभाग प्रमुख कञ्चन र स्कुलिङ विभागका प्रमुख सुदर्शनले प्रशिक्षण दिने कार्यक्रम छ ।

बुधबार साँझसम्म डोल्पाका धमिल, बझाङका कमल, भारत हिमाञ्चल प्रदेशका रामचन्द्र, नवलपरासीका धीरज, जनसेवकका शीतल, गुल्मीका हिमाल, स्याङ्जाका सुजन, मध्यपूर्वका रेशम, लुम्बिनी जनसेवकका हेमन्त, मुस्ताङका नवीन, केन्द्रीय अर्थ विभागका सुवर्ण, धादिङका कुशल, गण्डकी जनसेवकका सङ्घर्ष, अन्तर्राष्ट्रिय विभागका पावेल, रसुवाका विराज, केन्द्रीय स्कुलिङ विभागका गति, जनसेवकका अजय, सर्लाहीका मोहन, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अशोक सुवदी, महोत्तरीका झमानसिंह, युवा जनस्वयम्सेवकका अध्यक्ष पाटन, तेह्रथुमका विशाल, जनकपुर जनसेवकका अभय, जवस मोर्चाका तर्फबाट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी महासचिव राजकुमारी शाही, हुम्लाका निर्माण, दलित मुक्ति मोर्चाकी सीता विक ‘सम्झना’, अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घका हरि श्रेष्ठ, जनसेवकका खिम, सहिद–बेपत्ता योद्धा परिवारबाट रामबहादुर, शिक्षक सङ्गठनबाट घनश्याम पाठक, अखिल नेपाल जनसांस्कृतिक महासङ्घबाट खेम थपलिया, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घबाट डा. प्रकाश चन्द, जनपत्रकार सङ्गठनबाट शेरबहादुर विक, सामना परिवारबाट आरोह नेपाली, गणतान्त्रिक केन्द्रीय सम्पर्क मञ्चका पूर्ण, गणतान्त्रिक खेलकुद महासङ्घबाट जयन्द्र चन्द, मनाङ सेक्रेटरी भीम चापागाईं, अखिल नेपाल लेखक सङ्घबाट शोभा दुलाल, नेवाः राष्ट्रिय मुक्ति मोर्चाका सुरेन्द्र, राष्ट्रिय मगर मुक्ति मोर्चा नेपालबाट सुदर्शन मङ्गोल, राष्ट्रिय थारु मुक्ति मोर्चा नेपालका सङ्घप्रसाद थारु ‘सुनील’, प्रवासी नेपाली जनसमाज भारत केन्द्रीय कार्यालयका प्रतिनिधि जयरूप वडुवालले रिपोर्ट प्रस्तुत गरेका छन् ।

यसअघि प्रशिक्षण कार्यक्रमको पहिलो र दोस्रो दिन पनि देशका विभिन्न जिल्लाका सेक्रेटरीले जिल्लामा भएगरेका कामको रिपोर्ट राखेका थिए । पहिलो दिन सोमबार रिपोर्ट राख्ने क्रममा काठमाडौँबाट तुल्सीनारायण, रोल्पावाट दिनेश, कालीकोटबाट रणदीप, कपिलवस्तुबाट कमल, मकवानपुरबाट विनोद, भोजपुरबाट नवीन, बझाङबाट विराट, जाजरकोटबाट अनन्त, दाङबाट प्रदीप, रूपन्देहीबाट विश्वास, बर्दियाबाट गणेश, सप्तरीबाट रेखा, कास्कीबाट गोकुल, काभ्रेबाट प्रताप, उदयपुरबाट लक्ष्मण, ताप्लेजुङबाट असल, कञ्चनपुरबाट जीवन, सुर्खेतबाट धु्रव, सल्यानबाट नारायण, अर्घाखाँचीबाट माहुरी, म्याग्दीबाट दीपा, दार्चुलाबाट सुवास, सिन्धुलीबाट गोपाल, मोरङबाट नरेश र सङ्खुवासभाबाट युवराजले रिपोर्टिङ गरेका छन् ।

त्यसैगरी मङ्गलबार रिपोर्ट पेस गर्नेहरूमा झापाबाट प्रशान्त, कैलालीबाट सङ्गम, बाँकेबाट अनिल, मुगुबाट समाज, पश्चिम रुकुमबाट चन्द्र, बागलुङबाट आकाश, चितवनबाट मीनप्रसाद, ललितपुरबाट विशाल, दोलखाबाट माधव गौतम, रौतहटबाट कुमार, सिराहाबाट सुशील, खोटाङबाट जीवन, इलामबाट जितमान, सुर्खेत विशेष जिल्ला डी वानबाट सरिता, बैतडीबाट लक्ष्मण, जुम्लाबाट प्रभावित, प्युठानबाट अजय, नवलपुरबाट शीतल, गोरखाबाट कपिल, उत्पादन विभागबाट मनिराज, भक्तपुरबाट विजय, मकवानपुर डीवानबाट मिङ्मार, सिन्धुपाल्चोकबाट युगीन, बाराबाट रक्तिम, धनुषाबाट सन्तोष, सोलुखम्बुबाट निमा, पाँचथरबाट सन्तोष, विशेष जिल्ला कैलालीबाट विमल, प्रवास भारतबाट दामोदर, दैलेखबाट दीपेन्द्र, पाल्पाबाट भुवन, पर्वतबाट अनन्त, लमजुङबाट आक्रोश, प्रवासबाट गोविन्द, काठमाडौँ डी वानबाट कुमाल, रामेछापबाट इन्द्र, पर्साबाट गणेश, प्रवास मुम्बैबाट झरना, धनकुटाबाट नवीन, बाजुराबाट एन्डिज, अछामबाट सङ्घर्ष, डोटीबाट ध्रुव, उत्तरप्रदेशबाट दीपक र डँडेल्धुराबाट विजय थिए ।

सोमबार प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सही विचार क्रान्तिको प्रमुख सर्त भएको बताएका थिए । क्रान्तिकारी आन्दोलनका लागि सही क्रान्तिकारी विचार निर्माण गरिसकेपछि त्यो विचार लागू गर्न क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्ने र त्यसपछि क्रान्तिकारी कार्यदिशा निर्माण गर्नु त्यसको अनिवार्य सर्त हुने स्पष्ट पार्दै महासचिव विप्लवले क्रान्तिकारी विचारसहितको कार्यदिशा लागू गर्ने काम क्रान्तिकारी पार्टीको रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :