डोटीको जोरायल गाँउपालिकामा नेकपाको भेला सम्पन्न

डोटीको जोरायल गाँउपालिकामा नेकपाको भेला सम्पन्न

जोरायल : नेपाल कम्युनिस्ट पार्टी डोटीको जोरायल गाउँपालिका भेला सम्पन्न भएको छ।गाउँपालिकाको प्रथम भेला बुधबार जोरायल गाँउपालिका वडा न. १ सानिखैगाडमा सम्पन्न भएको हो। भेलाले चन्द्र बोहराको नेतृत्वमा २१ सदस्यीय गाँउ कमिटी समेत गठन गरेको छ।

भेलामा नेकपा डोटी सेक्रेटरी ध्रुव ओली,जिल्ला सदस्य हिमाल मडै लगायत अतिथिहरूको सहभागिता रहेको थियो। भेलालाई सम्बोधन गर्दै सेक्रेटरी ओलीले राष्ट्रिय स्वाधिनताको रक्षा र वैज्ञानिक समाजवाद स्थापना गर्न स्थापना गर्न एकीकृत जनक्रान्तिको अभियानलाई नेकपाले अघि बढाइरहेको बताए। भ्रष्टाचारको अन्त्य गरिनुपर्छ, एनसेल ले छलि गरेको कर तिर्नुपर्छ भनेर आफ्नो पार्टीले आवाज उठाउँदा प्रतिबन्ध खेप्नुपरेको बताउँदै सरकारले आफ्नो गल्ति महसुस गर्दै प्रतिबन्ध हटाए पनि सहमति कार्यान्वयन नहुनु दुखद भएको बताए। नेपालको शाशनव्यवस्था जनतालाई चुन्न दिनुपर्ने बताउँदै जनमतसंग्रहमार्फत जनतालाई व्यवस्थाको फैसला गर्न दिनुपर्ने माग गरे।

भेलाको सञ्चालन र अध्यक्षता चन्द्र बोहराले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :