नेकपा आलिताल गाउँपालिकामा भेला सम्पन्न, अध्यक्षमा बोहरा

नेकपा आलिताल गाउँपालिकामा भेला सम्पन्न, अध्यक्षमा बोहरा

डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टी डडेल्धुरा अन्तर्गतको आलिताल गाउँपालिका वार्ड नं. ४ मा वार्ड भेला सम्पन्न भएको छ ।

आलितालको घरेलु बजारमा सोमबार सम्पन्न भेलाले कर्ण बोहराको अध्यक्षतामा १४ सदस्यीय वार्ड कमिटी गठन गरिएको नेकपा डडेल्धुरा सचिवालय सदस्य बसन्तले ई–रातोखबरलाई जानकारी दिएका छन् ।

उक्त भेलामा प्रमुख अथिति नेकपा डडेल्धुरा सेक्रेटरी विजय र अतिथिमा बसन्त, सञ्जय, गणेश, रोहित लगायतका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि विजयले राज्य व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्ने र दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद विषयमा जनमतसङ्ग्रह गर्नुपर्ने बताए ।

कार्यक्रमको सञ्चालन आलिताल गाउँपालिका सेक्रेटरी शिरिषले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :