नेकपा मकवानपुरद्वारा मानबहादुर नकडोलीको १३ औँ दिनको अवसरमा श्रदाञ्जली सभा

नेकपा मकवानपुरद्वारा मानबहादुर नकडोलीको १३ औँ दिनको अवसरमा श्रदाञ्जली सभा

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले मानबहादुर नकडोलीको निधन भएको १३ औँ दिनको अवसरमा श्रदाञ्जली सभा गरेको छ । सोमबार नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको आयोजनामा आयोजित श्रदाञ्जली सभामा नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनको पुजनीय पिता मानबहादुर नकडोलीप्रति श्रदाञ्जली अर्पण गरेको हो ।

ब्रेन हेम्ब्रेजका कारण काठमाडौंको शिक्षण अस्पतालमा उपचारकै क्रममा श्रावण २३ गते ८८ वर्षको उमेरमा भएको नकडोलीको अकल्पनीय मृत्युले आफ्ना परिवार, आफन्त, इष्टमित्रका साथै समग्र मकवानपुर पार्टीलाई दुःखित तुल्याएको श्रद्धाञ्जली अपर्ण गर्दै वक्ताहरुले बताएका छन् ।

उक्त श्रदाञ्जली सभामा नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी वाटर, हेटौँडा नगर सेक्रेटरी सुर्य अर्याल, अनेम संघ क्रान्तिकारी मकवानपुरका अध्यक्ष सुशीला, बारा जिल्लाका सेक्रेटरी रक्तिम लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :