एमसीसी खारेजीको माग गर्दै परासीमा संयुक्त विरोध कार्यक्रम

एमसीसी खारेजीको माग गर्दै परासीमा संयुक्त विरोध कार्यक्रम

परासी : नेपाल कम्युनिष्ट पार्टीसहित ७ पार्टीहरुले नवलपरासीमा एमसीसी परियोजना विरुद्ध संयुक्त विरोध कार्यक्रम परासीमा सम्पन्न गरेका छन् ।

२२ दलिय संयुक्त मोर्चामा आवद्ध ७ दलले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रघाती रहेको भन्दै परासीमा र्‍यालीसहित संयुक्त विरोध कार्यक्रम गरेको नेकपा नेता विघटनले जानकारी दिए ।

हाटबजारबाट सुरु भएको र्‍याली मालपोत, अदालत हुँदै बुद्ध चोक, जिल्ला प्रशासन अगाडिबाट पुनः बुद्ध चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले एमसीसी सम्झौता राष्ट्र हितमा नरहेकोले नवलपरासी जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सदस्यलाई हस्ताक्षर नगर्न सुझाव दिएका छ्न् । वक्ताहरुले भने कुनै पनि हालतमा सम्झौता अनुमोदनमा हस्ताक्षर गरे जिल्लामा प्रवेश निषेधसहित विभिन्न किसिमका कार्वाही गर्ने बाध्य हुने चेतावनी दिएका थिए ।

नेकपा माक्र्सवादी (पुस्पलाल) की नेतृ दुर्गा नेपालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जनमोर्चाका नेता उत्तम खरेलले गरेका थिए । विरोध कार्यक्रममा नेकपा नेता गणेश, राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य तिलक सुवेदी, नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सेक्रेटरी छबिलाल खरेल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :