जनकपुरधाममा राष्ट्रघाती एमसीसी सम्झौता जलाइयो

जनकपुरधाममा राष्ट्रघाती एमसीसी सम्झौता जलाइयो

जनकपुरधाम : नेकपा धनुषाले जनकपुरधाममा राष्ट्रघाती एमसीसी सम्झौता जलाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी धनुषाद्वारा आयोजित विरोध जुलुसमा नेकपाका नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । जुलुसले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौँ भन्ने नारा लगाउँदै जनकचोक, भानुचोक, कदमचोक, शिवचोक, जानकी मन्दिर हुँदै बाह्र बिघा, रामानन्दचोक परिक्रमा गरेको गरेको थियो ।

सिठी बजाउँदै र बेलुन उडाउँदै अघि बढेको जुलुस बृहत् प्रदर्शनपछि सभामा परिणत भएको थियो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा धनुषा–महोत्तरी इन्चार्ज देवनारायणले राष्ट्रघाती एमसीसी सम्झौतालाई नेपाली जनताको विद्रोहले खारेज गर्ने बताए ।

नेता देवनारायणले एमसीसी सम्झौताले नेपाली जनतामाथि भयावह स्थिति उत्पन्न गराउने बताए । दलाल संसद्वादी पार्टी र सरकारहरूले राष्ट्रघाती एसीसी परियोजनाको १० अर्ब कमिसन कुम्ल्याइसकेका र उनीहरू अमेरिकालाई देशका सम्पूर्ण बहुमूल्य स्रोत, साधन, जलस्रोत, युरेनियम, कच्चा पदार्थ सुम्पेर आफ्नो देशका नागरिकलाई कङ्गाल र पराधीन बनाउने कुचेष्टा गरिरहेको बताए । पूर्वजको वीरता र साहसको साख जोगाउन एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा लामबद्ध हुन उनले आह्वान पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :