एकीकृत जनक्रान्तिको आँधीले दलालहरू खरानी हुनेछन् : प्रकाण्ड

एकीकृत जनक्रान्तिको आँधीले दलालहरू खरानी हुनेछन् : प्रकाण्ड

काठमाडौँ : राष्ट्रघाती अमेरिकी परियोजना एमसिसीका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको विरोधसभा काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्डले सम्बोधन गरेका छन् । सभामा सम्बोधन गर्दै प्रकाण्डले एमसीसी राष्ट्र र जनताको हितमा नभएकाले यसलाई नेपाली जनताको बलले परास्त गर्नुपर्ने बताए ।

‘अमेरिकी साम्राज्यवादले २१ औँ शताब्दीका नेपाली जनतालाई झुक्याउने कोसिस गर्ने दुस्साहस नगरे हुन्छ’, प्रकाण्डले भने । विदेशीहरूको पाउमा परेर आफ्नो सत्ता र कुर्सीस्वार्थका लागि नेपाली दलाल शासकहरूले देशको स्वाधीनताविरोधी काम गरे उनीहरुलाई नेपाली जनताको आन्दोलनको आँधीबेहरीले खरानी बनाउने उनले बताए । साथै प्रकाण्डले राष्टघाती दलालहरूलाई एकीकृत जनक्रान्तिको आँधीबेहरीले उडाइदिने पनि बताए ।

प्रकाण्डले नेपाली जनतालाई व्यवस्था चुन्ने अधिकार दिलाउने व्यवस्था जनमतसङ्ग्रहको चुनावमा आउन सबैलाई आग्रह गरे । उनले राष्ट्रभक्त र देशलाई माया गर्ने सबै शक्तिलाई राष्ट्रियता रक्षाको आन्दोलनमा सहभागी हुन आग्रह पनि गरे । संसदीय चुनाव भए देश झन् बर्बाद हुने भन्दै उनले यो चुनावको औचित्य नभएको बताए । साथै प्रकाण्डले एमसीसी परियोजना खारेज गरेर देशको रक्षामा लाग्न सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :