एमसीसी लागू भएमा देश पराधिन हुनेछ : ऋषि कट्टेल

एमसीसी लागू भएमा देश पराधिन हुनेछ : ऋषि कट्टेल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमसीसी परियोजना विकासको देश र जनताको हितमा नभएको बताएका छन् ।

अमेरिकी र नेपाली शासकहरूले यसलाई विशुद्ध विकासको नारा दिए पनि यो आइपिएस परियोजना अन्तर्गतको सैन्य रणनीति भएको बताएका छन् । विश्व बजारमा आफ्नो प्रभुत्व जमाउँने उद्देश्य अनुसार अमेरिकाले ल्याएको उक्त परियोजना लागू भए देश पराधिन हुने बताएका छन् । संसदवादका दलालहरू हारिसकेका छन् । त्यसैकारण उनीहरू एमसीसीमार्फत साम्राज्यवादको सत्ता टिकाई राख्नका लागि यो परियोजना लागू गर्न खोजेका छन् ।

सामाज्यवादका विरुद्ध लड्न र देशलाई बचाउनको लागि एमसीसी खारेज गर्नको लागि एउटा क्रान्तिको आधिवेहरी सिर्जना गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :