नेकपाद्वारा पाल्पामा एमसीसीविरुद्ध र्यालीसहित विरोध प्रदर्शन

नेकपाद्वारा पाल्पामा एमसीसीविरुद्ध र्यालीसहित विरोध प्रदर्शन

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले सदरमुकाम तानसेन बजारमा र्यालीसहित विरोध प्रदर्शन गरेको छ ।

आइतबार एमसीसी सम्झौताविरुद्ध तानसेनको माथिल्लो पेट्रोल पम्प तम्घास रोड हुँदै विशाल बजार मिलेनियम क्याम्पस, जिल्ला हुलाक कार्यालय, जिल्ला प्रशासन कार्यालय, तेस्रो सडक, ठाडो गल्ली, नारनथान चोक, भिमसेन मन्दिर, टुँडीखेल (लखनचोक–विरेन्द्र वाटिका) हुँदै आन्दोलनचोकसम्म र्यालीसहित विरोध प्रदर्शन गरेको थियो । र्यालीमा राष्ट्रघाती एमसीसी मुर्दावाद, अमेरिकी हस्तक्षेप बन्द गर, दलाल संसदीय व्यवस्था ध्वस्त गरौँ, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद लगायतका प्लेपकार्डहरूसमेत प्रदर्शन गरिएको थियो ।

प्रदर्शन लगत्तै आन्दोलनचोकमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रभातले देश गम्भीर सङ्कटमा फस्ने सम्भावना रहेको हुँदा पहिला देशलाई जोगाउन अपिल गरेका थिए । साथै उनले देश रहे काङ्ग्रेस, एमाले, माओवादी सबै बन्न पाइन्छ, देश नरहे केही पनि बन्न नसकिने हुँदा देश जोगाउन पहिला लाग्नुपर्ने बताए ।

नेता प्रभातले अहिले देशमा एमसीसी परियोजना अन्तर्गत अमेरिकाले सैन्य हस्तक्षेप गरेर नवउपनिवेश लागू गर्न खोजेकोले यसलाई सम्पूर्ण नेपालीहरूले कार्यावन्यन एवम् पास गर्न दिनु हुँदैन यसका विरुद्धमा हाम्रो पार्टीले सङ्घर्षको कार्यक्रम घोषणा गरेको हुँदा उक्त सङ्घर्षका कार्यक्रमहरूमा सहभागिता सहित साथ दिनसमेत आग्रह गरेका थिए । यी सबै राजनीतिक समस्या समाधानका लागि वैज्ञानिक समाजवादी सत्तामार्फत हल हुने भएको हुँदा वैज्ञानिक समाजवादी आन्दोलन अर्थात जनमतसङ्ग्रहमा जानुपर्ने उनले बताए ।

कोणसभाको कार्यक्रम सञ्चालन जिल्ला जनसरकार प्रमुख नेपालले गरेका थिए भने आकाशले एमसीसीविरुद्ध नारा लगाउन अपिल गर्दै नारासमेत लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :