एमसीसीबिरुद्ध कपिलवस्तुमा कालो ब्यानर र बेलुन

एमसीसीबिरुद्ध कपिलवस्तुमा कालो ब्यानर र बेलुन

कपिलवस्तु : एमसीसी सम्झौताको नाममा नेपाललाई युद्धस्थल बनाउने उद्देश्य सहितको साम्राज्यवादी हस्तक्षेप भन्ने निष्कर्षसहित उपरोक्त सम्झौता खारेजीको माग गर्दै जिल्लाका विभिन्न कम्युनिस्ट पार्टी, बामपन्थी प्रगतिशील र देशभक्त सहितको सङ्युक्त सङ्घर्ष समितिले चार नम्बर जितपुरमा सिठ्ठी जुलुस तथा बिरोध प्रदर्शन चार नम्बर जितपुरमा सम्पन्न भएको छ ।

कोणसभामा १२ सेप्टेम्बर १९९२ देखि बन्दी बनाइएका पेरु कम्युनिस्ट पार्टी साइनिङपाथका अध्यक्ष अभिमायल गुज्मान रेनोसो ‘गोन्जालो’ लाई श्रद्धाञ्जली अर्पण गरिएको छ ।

कोणसभामा संयुक्त सङ्घर्ष समितिका जिल्ला नेतृत्व र प्रतिनिधिले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा रा.ज.मो जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासेले नेपाली जनताले एमसीसी सम्झौता नेपाली जनता कुनै पनि हालतमा लागू हुन नदिने बताए । यस्तै नेकपा माले प्रदेश सचिव चद्रकान्त आचार्य नागरिक समाजको जिल्ला कोषाध्यक्ष अर्जुन पोखरेल अहिलेका संसदवादी नेताहरूले व्यक्तिगत र पारिवारीक लाभ लिएर राष्ट्रघाती एमसीसीको लम्पसार भएको आरोप लगाए । मसाल प्रवक्ता छविलाल गैरेले नेपालको साधनस्रोत कब्जा गर्न आएको र जनताको सडक आन्दोलनले कुनै पनि हालतमा एमसीसी पास गर्न नदिने उनले बताए ।

नेकपा सचिव कमल केसीले एमसीसीका असमान सम्पूर्ण बुँदाहरू टिपोट गरेर सुनाएका थिए । सम्बोधनकै क्रममा केसीले फतिमा सुमारको नेपाल भ्रमणलाई अनवान्टेड भिजिटको संज्ञा दिएका छन् । एमसीसी सम्झौता नेपालको युरेनियम कब्जा गर्न आएको भन्ने उनको जोड थियो । भारतलाई बेलायतले ईष्टइन्डिया कम्पनीमार्फत उपनिवेश बनाए जस्तै नेपाललाई एमसीसीमार्फत अमेरिकाको आधुनिक उपनिवेश बनाउने उनको निष्कर्ष थियो ।

कोणसभा कार्यक्रमको सञ्चालन राष्ट्रिय थारु मुक्ति मोर्चा नेपालका केन्द्रीय संयोजक सङ्खप्रसाद थारुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :