युवा सङ्गठन नेपाल, नवलपुरद्वारा सहिद पार्क सरसफाई

युवा सङ्गठन नेपाल, नवलपुरद्वारा सहिद पार्क सरसफाई

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, नवलपुरले सहिद स्मृति प्रतिष्ठानद्वारा निर्मित सहिद पार्क सरसफाई गरेको छ ।

जिल्लाको कावासोती नगरपालिकास्थित फलफुल चोकमा रहेको सहिद पार्कमा सरसफाई गरेको छ । जिल्ला तहका दर्जन बढी युवा, कार्यकर्ताको उपस्थितिमा युवाहरूले सरसफाई गरेका हुन् ।

सहिदहरूको सम्झना र जिर्ण अवस्थामा रहेको पार्कलाई संरक्षण गर्ने उद्देश्यले सरसफाई कार्यक्रम सञ्चालन गरिएको उक्त सङ्गठनका नवलपुर जिल्ला अध्यक्ष अविनासले जानकारी गराए । साथै युवाहरूलाई सामाजिक काममा प्रोत्साहन र विकृति विसङ्गतिबाट बचाउँन र साँस्कृतिक सम्पदाको संरक्षण गर्ने चेतनाको बिकास गर्नसमेत कार्यक्रम आवश्यक रहेको बताए ।

उक्त पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल, नवलपुरले जिल्लामा विविध कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :