युवा सङ्गठन नेपाल, नवलपुरद्वारा सरकारी कार्यालय अगाडि प्रदर्शन

युवा सङ्गठन नेपाल, नवलपुरद्वारा सरकारी कार्यालय अगाडि प्रदर्शन

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट सहायक सङ्गठन युवा सङ्गठन नेपाल, नवलपुरले जिल्लाको कावासोतीस्थित सरकारी कार्यालय अगाडि विरोध प्रदर्शन सम्पन्न गरेको छ ।

सङ्गठनको देशव्यापी कार्यक्रम अन्तर्गत सरकारी कार्यालयमा भएको भ्रष्टाचार, बेरुजु र अनियमितताको विषयमा उक्त सङ्गठनले बिरोध स्वरुप कार्यक्रम गरेको हो ।

सरकारी कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गर, राष्ट्रिय सम्पत्तिको रक्षा गर, दलालहरू होसियार, वैज्ञानिक समाजवादी व्यवस्था जिन्दावाद लगायतका नारा लगाउँदै कोणसभामा सम्पन्न भएको कार्यक्रममा बिशेश कमिटीका सदस्य बिश्वासले सम्बोधन गर्दै भ्रष्टाचारमा सङ्लग्न निकायलाई आफ्नो पार्टीले जनताको सामु ल्याएर कारवाही गर्ने बताए ।

कार्यक्रमको सञ्चालन युवा सङ्गठन नेपाल नवलपुरका अध्यक्ष अविनास रहेको थिए भने कार्यक्रममा जिल्ला तहका युवा कार्यकर्ताको सहभागीता रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :