नेकपा काठमाडौँद्वारा वाढी, डुबान पीडितहरुलाई राहत वितरण

नेकपा काठमाडौँद्वारा वाढी, डुबान पीडितहरुलाई राहत वितरण

नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला समितिले वाढी डुबान प्रभावितहरुलाई सोमबार साँझ नै राहत वितरण गरेको छ । आइतबार रातिदेखि परेको अविरल पानीले तारकेश्वर नगरपालिका वडा नं. ४ सुकुम्बासी टोलमा महादेव खोलामा आएको वाढी पसेर ३० घरधुरीका भाँडाकुँडा लट्टाकपडा लगायत सबै सामान पानीमा डुबेर समस्यामा परेका परिवारहरुलाई नेकपा काठमाडौँ जिल्ला समितिले राहत वितरण गरेको हो ।

दाल, चामल, नुन, तेल, बिस्कुट र चाउचाउ लगायत राहत सामाग्रीमा वितरण गरेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका काठमाडौँ जिल्लाका सेक्रेटरी तुल्सिनारायण महर्जन, पार्टीकै काठमाडौँ जिल्ला सचिव ज्योति, धनदेव, तारकेश्वर नगरपालिका पार्टीका इन्चार्ज कुमार र पार्टी सेक्रेटरी एटमको उपस्थितिमा राहत वितरण गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :