राष्ट्रघाती एमसीसी खारेजीका लागि आज नेकपाको बृहत् अन्तरक्रिया

राष्ट्रघाती एमसीसी खारेजीका लागि आज नेकपाको बृहत् अन्तरक्रिया

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी खारेजीका लागि आज मङ्गलबार काठमाडौँमा बृहत् अन्तरक्रिया आयोजना गरेको छ । नेकपा केन्द्रीय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले आज १२ः३० बजे काठमाडौँ अनामनगरस्थित संवाद डबलीमा बृहत् अन्तरक्रिया हुने जानकारी दिएका छन् ।

प्राप्त जानकारीअनुसार ‘राष्ट्रघाती एमसीसी सम्झौता र यसको खारेजीको आवश्यकता’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रममा नेकपा नेता कञ्चनका साथै नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, नेकपा मालेका नेता सीपी मैनाली, माओवादी केन्द्रमा रहेर एमसीसीविरुद्ध बोल्दै आएका नेता लीलामणि पोखरेल, विश्लेषकहरू डा. खगेन्द्र प्रसाईं, डा. सुरेन्द्र केसी, डा. प्रेमसिंह बस्न्यात, नारायण शर्मालगायतले एमसीसीविरुद्ध बोल्ने कार्यक्रम रहेको छ । नेकपाले कार्यक्रममा उपस्थित भएर अन्तरक्रियालाई प्रभावकारी बनाउन पनि आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :