प्राविधिक शिक्षाका सम्बन्धमा

प्राविधिक शिक्षाका सम्बन्धमा

Education   शब्द latin   भाषाको edu र catum मिलेर बनेको हो । edu  को अर्थ आन्तरिक र catum  को अर्थ बाहिर निकाल्नु हुन्छ । educatum  बाट educare   हुदै education  भएको हो ।

शिक्षा संस्कृतको “शिक्ष्” धातुबाट आएको पाइन्छ जसको अर्थ दिनु भन्ने बुझिन्छ अथवा अनुभवि अग्रजहरुद्वारा आफ्ना सन्ततीहरुलाई प्रदान गरिने अनुभब नै शिक्षा हो । अझ मानिस जन्मेदेखि मृत्यु पर्यन्त प्राप्त गरिने सम्पूर्ण अनुभव नै शिक्षाको ब्यापक अर्थ हो परन्तु शिक्षाका प्रकारलाई थुप्रै कोणबाट परिभाषित गर्न सकिन्छ ।

आफुसँग उपलब्ध प्रविधि, मानवश्रोत, संसाधन र प्राप्त सिपलाई प्रयोग गरी आफ्नै वातावरण अनुकुल प्रत्यक्ष उत्पादनमा जोड्न प्रेरित गर्ने ज्ञान र सिप नै प्राविधिक शिक्षा हो । जो सामान्य नागरिकले आफ्नो जिविकोपार्जन गर्ने देखि ठूलाठूला मिसाइल वा अत्याधुनिक उपकरण उत्पादन गर्नु नै किन नहोस् ।

नेपालमा मध्यम स्तरको दक्ष जनशक्ति उतपादन गरी आफ्नो जिविकोपार्जन गर्न र केही देश विकासमा टेवा पु¥याउने उद्देश्यले सुरुवात गरिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् संरचनागत ढंगले देशका करिव सवै ठाउँहरुमा स्थापित भइसकेको छ । सामान्य सिप परीक्षण, छोटो अवधिका सिपमुलक तालिम, प्राविधिक एस एल सी स्तर र डिप्लोमा तथा पि सि एल स्तरीय थुप्रै कायैक्रमहरु पठनपाठन गरी वर्षेनी हजारौँ दक्ष तथा प्राविधिक जनशक्ति उत्पादन गरेको तथ्याङ्क सार्वजनिक गरिएको पाइन्छ । त्यस्तै राष्ट्र निर्माण र जनतालाई प्राविधिक रुपकै उच्च शिक्षा प्रदान गर्ने नेपालका सबै जस्तो विश्वविद्यालयहरुको पनि त्यस्तै तथ्याङ्कहरु वर्षेनी सार्वजनिक हुन्छन् । आफ्नै देशमा दक्ष, प्राविधिक र गुणस्तरयुक्त शिक्षा प्राप्त गर्न पाउनु यो हाम्रो लागि निकै गौरवको कुरा हो तर यहाँ स्थिती त्यस्तो छैन ।

भनिन्छ नि नेपालमा निकै ठूलाठूला राजनीतिक परिवर्तनहरु भए, निरंकुश राणा शासनको अन्त्य भयो, पञ्चायती व्यवस्थाको अन्त्य भयो, करिब २४० वर्षे एकात्मक शाही सत्ता ढल्यो । भन्दा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि आदीको स्थापना भयो । निरंकुश राणा शासनपछि विद्यालय जान त पाए, शिक्षा क्षेत्रमा उदारता त आयो तर बिडम्बना यहाँको शासन प्रणाली बदल िसकेन फलस्वरुप शिक्षा जस्तो संवेदनसील क्षेत्रलाई नै नियोजित रुपमै विभाजित गराइयो । काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने जस्तो राजनैतिक परिवर्तन सँगसँगै नेपाली समाजलाई विश्व सामु प्रतिस्प्रधी बनाउदै अग्रस्थानमा पु¥याउने लक्ष्यलाई देशीविदेशी शक्तिहरु, पस्चगमनकारी तत्वहरु, पुरानै मानसिकताले गाँजिएका र नेपाललाई अग्रगमनको दिशातिर जान नदिनको लागि नियोजित भ्रमहरु फैलाउदै निहित स्वार्थ बोकेका दलालहरु, भ्रस्टहरु, माफियाहरुले नेपालको शिक्षा जस्तो पवित्र क्षेत्रमा लगानी गर्न पुगे र मनग्य मुनाफा आर्जन गर्ने मानसिकतासहित यो क्षेत्रमा आएका फटाहाहरुलाई सरकारको उदारता बरदान बन्यो ।

प्राविधिक तथा व्यावसायिक शिक्षाको पृष्ठभूमि

लिच्छिविकालदेखि नै नेपाल विभिन्न कलाकृतिमा पोख्त थियो । उतिबेलाका चित्रकला, बास्तुकला, हस्तकला, आदि जस्ता सिपहरु पनि प्राविधिक शिक्षाकै उदाहरणहरु हुन् । पौराणिक वास्तुकला, चित्रकला, विभिन्न घरेलु औजारहरु हेर्दा नेपाल प्राविधिक सिपको भन्डार नै हो भन्दा अतिउक्ति नहोला परन्तु यो सिपलाई चेतनाको विकासक्रम र व्यवसायसँग जोड्न सकिएन ।
सामान्यतया नेपालमा औपचारिक रुपमा करिव २००४ सालदेखि यो शिक्षाको थालनी गरिएको हो । गरिब तथा बिपन्न समुदायलाई निशुल्क सिपमुलक तालिम प्रदान गरी उत्पादनमा सबल बनाई जिविकोपार्जनमा सहज र व्यावसायिक हिसाबमा नै विकास गर्ने दृष्टिले थालनी गरिएको भएता पनि प्राविधिक शिक्षा र ग्लोबलाइजेसनका कारण्न यसको आवश्उकता झन् बढ्दै गयो र देशमा प्राविधिक दक्षजनशक्तिको आवश्यकताको महसुस भयो र २०४५ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको अवधारणासहित परिषदको स्थापना गरियो र डिप्लोमा स्तरका कार्यक्रमहरुको पठनपाठन् सुरु गरियो । आजका दिनमा यसको बिस्तार करिव देशैभरी भएको छ र बर्षेनी हजारौँका हिसाबमा मध्यम स्तरीय प्राविधिक जनशक्ति उत्पादन गरिरहेको छ । हाल नेपालमा विभिन्न विश्वविद्यालयहरुले उच्च स्तरिय प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेका छन् र प्राविधिक जनशक्ति उत्पादन भइरहेका छन् ।

सम्भावना
नेपाललको प्राविधिक शिक्षा प्रणाली दक्षिण एसियाको सबैभन्दा राम्रो मध्येको एक मानिन्छ । यहाँको मेडिकल शिक्षा, इञ्जिनियरिङ, आइ टि जस्ता थुप्रै कार्यक्रमहरुमा अध्ययनका लागि अन्य देशहरुबाट थुप्रै विद्यार्थीहरु आउने गर्दछन् । यहाँ अनुसन्धानका श्रोतहरु पनि प्रयाप्त छन्, यसर्थ सम्बन्धित निकायहरुले पहल गर्नेहो भने नेपाललाई प्राविधिक शिक्षको हब अथवा केन्द्र बनाउन सकिन्छ । यसरी शिक्षा क्षेत्रबाट देशलाई पनि आर्थिक रुपमा टेवा पुग्नेछ ।

समस्या
१) सर्बप्रथम आजका दिनमा “शिक्षा” कुनैपनि देशमा नागरिकको जन्म हुन्छ उसले पाउनैपर्नै नैसर्गिक अधिकारका रुपमा स्थापित छ तर यो राष्ट्र अनुसार अनुकूल, समान र निशुल्क हुनु सकेको छैन । हाल विश्वका समाजवादी देशहरुमा केही हदसम्म लागु पनि भएको पाइन्छ तर नेपालको सन्दर्भमा प्रदान गर्दै आएको शिक्षा नीति नै विभेदपूर्ण रहेको छ । यो नै सबैभन्दा पहिलो समस्या हो ।

२) कुनैपनि मुलुकमा प्रदान गर्ने शिक्षा त्यही मुलुकको माटो सुहाउदो हुनुपर्दछ अथवा स्थानिय श्रोत, मानवसंसाधन, सिप, श्रम र प्रविधिलाई जोडेर उत्पादन भएको वस्तु नै त्यो राष्ट्रिय हितमा हुन्छ अन्यथा त्यसको कुनै औचित्य रहदैन यसर्थ यि कुराहरुलाई नेपाली शिक्षा प्रणालीको पाठ्यक्रमले समेटेको छैन र नेपालमा प्राविधिक शिक्षा पढेका धरै विद्यार्थीहरु दक्षनै छैनन् । यसर्थ यो नै दोश्रो समस्या हो ।

३) नेपालमा उत्पादित प्राविधिक जनशक्ति विषयगत रुपमा कहाँ र कति व्यवस्थापन भयो वा कहाँ, कति र कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने आँकडा स्वयम सरकारसँग नै छैन । नेपालमा जतिपनि जनशक्ति उत्पादन हुन्छ त्यो सबै विदेशमूखी छ । सरकार मौन छ । यस्तो अव्यवहारिक सरकारद्वारा राज्यको शिक्षा क्षेत्र विकास र कामयावि हुन सक्तैन यो तेश्रो समस्या हो ।

४) हरेक विश्वविद्यालय र कलेजहरुमा मापदण्ड अनुरुप दक्ष प्रशिक्ष द्वारा प्रयाप्त प्राविधिक शिक्षण सिकाई सामाग्रीहरुसहित शिक्षण सिकाई गरिर्नुपर्छ तर यहाँका कलेजहरुमा दक्ष प्रशिक्षकहरुको परिपूर्ति भएको हुदैन बरु प्रशिक्षकहरु केही दिन भाडामा लिएर पाठ्यक्रक सक्काइन्छ यसर्थ प्राविधिक शिक्षा क्षेत्रमा दक्ष प्रशिक्षक र शिक्षण शिकाईका प्राविधिक सामाग्रीहरुको अभाव हुनु चौथो समस्या हो ।

५) प्राविधिक शिक्षा जस्तो संबेदनसिल क्षेत्रमा शैक्षिक माफियाहरुको दबदवाह रहेको छ । सरकारलाई नै आफु अनुकुलको प्रभावमा पार्न सक्ने यि शैक्षिक दलाल र भ्रष्टहरुलाई आफ्नो मुनाफा बाहेक गुणस्तरको चिन्ता र चासो हुदैन र यि दललहरुले पढाईमा लाग्ने लागत भन्दा निकै महंगो र चर्को शुल्क असुलि गरिरहेका छन् र जुन मध्यम वर्ग, जसलाई जिविकोपार्जका लागि प्राविधिक शिक्षाको आवश्यकता हो त्यो वर्गलाई नै आर्थिक अभावका कारण प्राविधिक शिक्षा पढ्नबाट बन्चित पारिदैछ, यो नै पाचौँ समस्या हो ।

६) कुनैपनि विद्यार्थीले आफुले पढेको विषयको परिक्षा र परिक्षाफल प्रकाशन कार्य उचित समयमा र चित्त बुझ्दो हुनुपर्दछ तर सिटिईभिटि वा अन्य विश्वविद्यालयहरुको समेत उचित समय र चित्त बुझदो हुन सकिरहेको छैन यो पनि एउटा समस्या हो ।

७) विद्यार्थिले माद्यमिक तहको परिक्षा उतिर्ण गरिसकेपछि प्राविधिक शिक्षा पढ्नका लागि पुनः प्रवेश परिक्षाको व्यवस्था गरिएको छ । पहिलो कुरा त कुनै पनि विषय पढ्नका लागि त्यसको आधारभुत पढाई छ भने स्वत पढ्न पाउनु पर्दछ र अर्को जुन प्रवेश परिक्षाको मापदण्ड छ यो अवैज्ञानिक छ । यसर्थ यो पनि प्राविधिक शिक्षा भित्रको महत्वपूर्ण समस्या हो ।

यि लगायत केही आर्थिक केही सामाजिक, केही सांस्कृतिक, केही भौगोलिक, केही भाषिक, केही धामिक र प्राविधिक जस्ता समस्याहरु रहेका छन् तर यहाँ समेट्न सकिएन ।

समाधान

सर्वप्रथम शिक्षा प्रदान गर्नु सरकारको दायित्व भित्रको कुरा हो र प्राविधिक शिक्षा राष्ट्र निर्माणको मेरुदण्ड हो यसमा कुनै संकोच नै छैन । अहिलेको परिस्थितिमा प्राविधिक शिक्षालाई सरकारले आफ्नो नियन्त्रनमा लिई प्राविधिक शिक्षा प्रदानका नाममा निजि क्षेत्रले गरेको ब्रह्मालुट र भ्रष्टाचारको कालो धनलाई सेतो बनाउन गरिएको लगानीकर्ताहरुको सम्पत्ति छानबिन गरी कारवाहीको दायराभित्र ल्याउनुपर्दछ । राष्ट्रको परिस्थिति, अहिलेको आवश्यकता, बढ्दो भुमण्डलीकरणलाई आधार बनाउँदै विकसित प्रविधिको प्रयोग गर्दै नेपालको प्राविधिक शिक्षा क्षेत्रलाई विकास गर्न सकिन्छ ।

निष्कर्ष

सबैभन्दा ठूलो शिक्षा भनेको चेतनाको विकास गर्नु नै हो । मानव सभ्यताको इतिहासमा हामी पश्चिमाहरु भन्दा तुलनात्मक रुपले अल्पविकसित नै छौँ । विकसित मानवजातिले प्राविधिक शिक्षाका आधारमा पृथ्वी जस्तै ग्रहहरु पत्ता लगाई उस्तै उपग्रहहरुको निर्माण गरी अन्य ग्रहहरुमा बसाइ सराईको समेत योजना बनाई रहेका छन् तर हामी र हाम्रो समाजको, आज पनि प्राविधिक शिक्षा पढेर आफ्नो दैनिकी चलाउँनु र सामान्य जिविकोपार्जन गर्ने भन्दा अर्को सोच विकसित हुन सकेको छैन । यो निकै दुखत कुराहो । हाम्रो हकमा लाखौँ पैसा लगानी लगाएर प्राविधिक शिक्षा पढेपछि व्यक्तिमा झन् फ्रस्टेसन, आर्थिक भार, बेरोजगारी, उमेर, उर्जा र समयको नास जस्ता समस्याहरुका कारण विदेश पलाएन, आत्महत्या, द्वन्द जस्ता समस्याहरु उत्पन्न हुदै गइरहेको पाइन्छ तसर्थ सम्वन्धित निकायहरुले यसको ठोस अनुसन्धान गरी राज्यले प्रदान गरिने प्राविधिक शिक्षा आफ्नै माटो सुहाउँदो, समान, व्यवहारिक, आत्मानिर्भर, निशुल्क, विकासोन्मुख र अनुशासित गरिनु पर्दछ ।

(लेखकः अध्यक्ष अखिल (क्रान्तिकारी)
सिटिइिभटी उपत्यका जिल्ला समिति)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :