जनगणतान्त्रिक सम्पर्क मञ्चको केन्द्रीय समिति बिस्तार

जनगणतान्त्रिक सम्पर्क मञ्चको केन्द्रीय समिति बिस्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिले सङ्गठन बिस्तारमा तिब्रता दिएको छ । जस अन्तरगत शनिबार ५ वटा जिल्ला भेला आयोजक समिति गठन भएको छ । सोलुखुम्बु, इलाम, अर्घाखाँची, बाँके र जुम्ला गठन भएको हो ।

सोलुखुम्बु–काठमाडौँ सम्पर्क मञ्चका फुर्वा तामाङको संयोजकमा हाललाई ५ सदस्यीय केन्द्रीय समिति, इलाम–काठमाडौँ सम्पर्क मञ्चमा पुष्पा खालिङ संयोजकमा ५ सदस्यीय समिति, अर्घाखाँची–काठमाडौँ सम्पर्क मञ्चका बिष्णु खत्री संयोजकमा पछि थप्ने गरि हाललाई ३ सदस्यीय समिति, बाँके–काठमाडौँ सम्पर्क मञ्चका बसन्त अधिकारीको संयोजकमा ३ सदस्यीय र जुम्ला–काठमाडौँ सम्पर्क मञ्चमा बिना सबर्णकारको संयोजकमा हाललाई ३ सदस्य रहने गरि केन्द्रीय समिति गठन गरि बिस्तार भएको छ ।

उक्त कमिटी गठनमा प्रमुख अतिथि जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष कमानसिंह रहेका थिए भने, अतिथिहरूमा सोलुखुम्बुका जिल्ला सेक्रेटरी निमा शेर्पा, तथा जनगणतान्त्रिक सम्पर्क मञ्चका महासचिव पुर्ण श्रेष्ठ, र सोही मञ्चका सचिवहरूमा टीका चौधरी, सुशील बलम्पाकी, खेम प्रधान रहेका थिए ।

भेलाले सङ्गठन विस्तार र जिल्ला भेला छिटै गर्ने र जनताको सेवामा सधैँ समर्पित हुने निर्णयसहित एकीकृत जनक्रातिको बाटोमा जनताका मुक्तिका खातिर एक मात्र बिकल्प वैज्ञानिक समजवाद ल्याई छाड्न जस्तोसुकै कदम उठाउने तर हार नखाने निरन्तर सङ्घर्षमा लागिरहने प्रतिबद्धता सहित उक्त कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :