नेकपा दाेलखाकाे शैलुङ्ग गाउँपालिकामा वडा भेला सम्पन्न, विभिन्न पार्टी परित्याग गरि ६ जना प्रवेश

नेकपा दाेलखाकाे शैलुङ्ग गाउँपालिकामा वडा भेला सम्पन्न, विभिन्न पार्टी परित्याग गरि ६ जना प्रवेश

दाेलखा : नेपाल कम्युनिस्ट पार्टीको दोलखा जिल्ला समिति अन्तरगत शैलुङ्ग गाउँपालिका वडा नं. ७ को प्रशिक्षणसहित वडा भेला शनिबार सम्पन्न भएको छ ।

भेलाबाट शिव बस्नेतको सक्रेटरी रहेको १५ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

सोही भेलाबाट संगिता तामाङ्गको नेतृत्वमा ७ सदस्यीय महिला वडा कमिटी गठन गर्नुका साथै सुरज नेपालीको संयोजकत्वमा ६ सदस्यीय किसानको वडा कमिटी गठन गरिएको छ । यस्तै दिनेश विश्वकर्माको संयोजकत्वमा ७ सदस्यीय युवा संगठन नेपाल वडा कमिटी गठन गरिएको छ ।

यसैबीच नेकपा एमाले र माओबादी केन्दबाट पार्टी परित्याग गरि दिनेश विश्वकर्मा र छेवाङ लामाको नेतृत्वमा आधा दर्जन जति नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नव प्रवेशीलाई प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी आकश शर्माले प्रवेश गराउदै स्वागत गरे । सोही कार्यक्रमका प्रमुख अतिथि आकाशले सरकारसँग गरेको ३ बुँदे सहमति कार्यन्वयन गरी वैज्ञानिक समाजवादको लागि जनमत संग्रह गर्नुपर्ने बताए । जनताले व्यक्ति छान्ने नभई व्यवस्था चुनि श्रमजीवि जनताको राज्यसत्ता स्थापना गर्नुपर्ने बताएका छन् । उनले भेलाका सहभागीलाई प्रशिक्षणसहित नवप्रवेशीहरुलाई बधाई तथा शुभकामाना दिएका थिए। अर्का अथिति सोम पाख्रिनले नवप्रवेशी तथा नव गठित वडा कमिटीलाई प्रतिबद्ध भएर लाग्न आग्रह गरे । विशाल जिरेलले बधाई तथा शुभकामाना मन्तव्य दिएका थिए । भेलाको सञ्चालन युवा संगठन नेपालका जिल्ला संयोजक भरत घिसिङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :