नेकपा रामपुर नपा र रिब्दिकोट गापाको बैठक सम्पन्न

नेकपा रामपुर नपा र रिब्दिकोट गापाको बैठक सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पा रामपुर नगर समितिको तेस्रो बैठक सम्पन्न भएको छ । बैठकले वैज्ञानिक समाजवादको अनिवार्य र अपरिहार्य आवश्यकतालाई बोध गर्न पार्टीको अभियान जनतासँग एकाकार गराउने योजना निर्माण गर्दै उक्त बैठक सम्पन्न गरिएको नगर सेक्रेटरी लङ्कबहादुर रानाले बताए ।

बैठकको अध्यक्षता नगर सेक्रेटरी लङ्कबहादुर रानाले गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टी पाल्पाका जनसरकार प्रमुख तथा रामपुर नगर इन्चार्ज नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।

यस्तै शनिबार नेपाल कम्युनिस्ट पार्टी रिब्दिकोट गाउँपालिका पाल्पाले दोस्रो पूर्ण बैठक सम्पन्न गरेको छ । उक्त बैठक राजिबको अध्यक्ष्यतामा सम्पन्न भएको थियोे । सो बैठकमा रिब्दिकोट गाँउपालिका इन्चार्ज आकाशको प्रमुख आतिथ्यता र अतिथि अखिल क्रान्तिकारी पाल्पाका उपाध्यक्ष तथा दलित मुक्ति मोर्चा पाल्पाका जिल्ला सचिव सुदिप बिश्वकर्माको उपस्थितिमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :