जनपत्रकार सङ्गठन कपिलवस्तुको भेला सम्पन्न, अध्यक्षमा थारु

जनपत्रकार सङ्गठन कपिलवस्तुको भेला सम्पन्न, अध्यक्षमा थारु

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार सङ्गठन नेपाल जिल्ला समिति कपिलवस्तुको दोस्रो भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले अनिल थारूको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । जसकोे सचिवमा इमान सुनार, कोषाध्यक्षमा सुस्मिता भट्टराई रहेका छन् ।

भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कपिलवस्तु–अर्घाखाँची जिल्ला इन्चार्ज पदम केसी ‘जुझारू’ ले समाजमा घटेका घटनाको यथार्थ चित्रण गरेर समाज रूपान्तरणमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताए । उनले जनपक्षीय पत्रकारिताको यात्रा व्यवसायिक पत्रकारिताको भन्दा फरक र चुनौतीपूर्ण रहेको बताए । जुझारूले वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माणका लागि जनमत निर्माण गर्दै मिसन पत्रकारिता गर्न आग्रह गरे ।

कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य दाना केसी र अनिल नेपालीले पत्रकारिता समाज रूपान्तरणको माध्यम भएकाले सबैले खोज र जनपत्रकारिता गनुपर्नेमा जोड दिएका थिए । यस्तै अखिल (क्रान्तिकारी) का कपिलवस्तु जिल्ला अध्यक्ष विष्णु राउत तथा जनपत्रकार सङ्गठन नेपाल अर्घाखाँची जिल्ला अध्यक्ष अयान विकले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम जनपत्रकार सङ्गठन नेपालका कपिलवस्तु संयोजक अनिल थारूको अध्यक्षता, इमान सुनारको स्वागत र चन्द्र वली यादवको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :