युवा संगठन नेपाल डोटीको पूर्वीचौकी गाउँपालिकाको प्रथम भेला सम्पन्न

युवा संगठन नेपाल डोटीको पूर्वीचौकी गाउँपालिकाको प्रथम भेला सम्पन्न

निकट युवा संगठन नेपाल डोटीको पूर्वीचौकी गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ। पूर्वीचौकी गाउँपालिका वडा न.४ को सभाकक्षमा सम्पन्न भेलाले रंग कुमार साउँदको अध्यक्षतामा १५ सदस्यीय गाँउ समिति चयन गरेको हो। गाँउ समितिको उपाध्यक्षमा हरिष साउँद,सचिव गणेश भण्डारी,सहसचिव विनोद नेपाली र कोषाध्यक्ष गोपी साउँद लगायत रहेका छन् ।

भेलाको प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य प्रकाश थापा रहेका थिए भने युवा संगठन नेपालका डोटी संयोजक सुशिल मलासी विशिष्ट अतिथि रहेका थिए।

भेलालाई सम्बोधन गर्दै नेकपा जिल्ला सदस्य प्रकाशले युवा भनेको परिवर्तनको सम्वाहक भएकोले संसदिय व्यवस्थालाई ध्वस्त पार्न युवाहरु सशक्त भएर लाग्नु पर्ने बताए ।युवा संगठन नेपालका डोटी जिल्ला संयोजक सुशिल मलासीले देशमा भ्रष्टाचार, महंगी, कृत्रिम अभाव, कालोबजारी बढिरहेको उल्लेख गर्दै यसका विरुद्ध युवाहरूले ससक्त भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

युवा संगठन नेपालका गाउँ कमिटी संयोजक रंग कुमार साउँदको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा पूर्वीचौकी गाउँपालिका इन्चार्ज शंकर साउँद,सेक्रेटरी छत्र साउँद लगायतका अतिथिहरूको सहभागिता रहेको थियो। भेलामा उपस्थित अतिथी र युवाहरूले पूर्वीचौकी गाउँपालिका कार्यालय,वडा नं.४को कार्यालय र सहकारी संस्थाको कार्यालयको प्राङ्गण सरसफाइ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :