जनपत्रकार संगठन सल्यानको तेस्रो जिल्ला सम्मेलन सम्पन्न

जनपत्रकार संगठन सल्यानको तेस्रो जिल्ला सम्मेलन सम्पन्न

सल्यान: जनपत्रकार संगठन नेपाल जिल्ला समिति सल्यानको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
शनिबार नेपाल पत्रकार महासंघ सल्यानको सभाहलमा भएको सम्मेलनले बिरेन्द्र डिसीको अध्यक्षतामा नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा खकेन्द्र केसी र चन्द्रकला बुढाथोकी, सचिवमा कमल डाँगी, सहसचिवमा सागर बस्नेत र कोषाध्यक्षमा रबिन्स महतरा रहेका छन् ।

यस्तै सदस्यहरुमा एचपी मगर, आनन्द प्रेम बस्नेत, टिकाराम वली, प्रेम लाल डाँगी, कमल बुढाथोकी, प्रदिप मगर, रोशन वली, प्रेम वली, सुरेश भारती, ज्ञानु डाँगी, दिपक खड्का, कमल खड्का रहेका छन् ।

यस्तै सल्लाहकारमा योगराज विश्वकर्मा र टीका केसी रहेका छन् ।

नेपाल कम्युननिस्ट पार्टीका विशेष कमिटी सदस्य लोक्पा केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा सल्यानका जिल्ला सेक्रेटरी नारायण चन्द र जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य वसन्त विकको उपस्थिती रहेको थियो ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रका महासंघ सल्यानका अध्यक्ष नवीन पौडेल, जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धिरेन्द्र भण्डारी, नेपाल बार एसोसियशन सल्यानका अध्यक्ष सिपी ओली, अखिल क्रान्तिकारी विद्यार्थी संगठन सल्यानका अध्यक्ष टंक प्रकाश केसी, प्रेस युनियनका बुद्धि प्रकाश हमाल, प्रेस चौतारीका सिब डाँगी, प्रेस सेन्टरका अध्यक्ष दिपसागर भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।
दोस्रो जिल्ला सम्मेलनका अध्यक्ष योगराज विकको अध्यक्षता र बिरेन्द्र डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन खकेन्द्र केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :