बर्दियामा संगठन सुदृढ तथा विस्तार अभियान तिब्र

२७ जना पुर्व जनमुक्ति सेनाका योद्धाहरू नेकपामा प्रवेश

बर्दियामा संगठन सुदृढ तथा विस्तार अभियान तिब्र

नेपाल कम्युनिस्ट पार्टी बर्दियाले संगठन सुदृढ तथा विस्तार अभियानलाई व्यापक बनाएको छ। अभियानका क्रममा पार्टी संगठन निर्माणसँगै पार्टी ध्रुविकरणको लहर बढेको नेकपा बर्दियाले जनाएको छ।बर्दियाको बाँसगढी नगरपालिकामा संचालित अभियान भव्य स्वागत संगै जनतामा जनसम्बन्ध विस्तार गर्दै व्यापक संगठन विस्तार गरिरहेको छ । अभियानकै क्रममा विभिन्न पार्टी परित्याग गरि २७ जना पुर्व जनमुक्ति सेना नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

बाँसगढीमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज दिपक चलाउनेले सम्बोधन गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले तीन बुँदे सहमति कार्यान्वयन गर्न ढिलाइ गरेर गैह्रजिम्मेवारी प्रस्तुत गरेको बताए।नेकपाका तर्फबाट वार्ताटोली सदस्य समेत रहेका नेता दिपकले आफ्नो पार्टी वैज्ञानिक समाजवाद स्थापनाका लागि वार्ता र सम्वाद गर्न तयार रहेको तर सरकारले सहमति कार्यान्वयन नगरेकै कारण राजनैतिक विषयमा सम्वाद हुन नसकेको उनले खुलासा गरे। जनमतबाट व्यक्त जनादेश नै लोकतन्त्रको मुल मर्म भन्नेहरू नै व्यवस्थाका विषयमा जनमतसंग्रह गर्न तयार नहुँदा आफुहरू आश्चर्यमा परेको उनको भनाई थियो। वैज्ञानिक समाजवाद स्थापनाका लागि सम्पूर्ण देशभक्त, प्रगतिशील तथा प्रजातन्त्रवादी शक्तिहरू एकजुट हुनुको विकल्प नभएको बताउँदै क्रान्तिकारीहरूलाई ध्रुविकरण हुन आव्हान गरे।

कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटरी गणेश चौधरी, बाँसगढी नगर इन्चार्ज शक्ति  , बारबर्दिया नगर इन्चार्ज लोकेश राज जोशी  , बडैयाताल नगर इन्चार्ज राजेन्द्र , लगायतका नेताहरुको सहभागिता रहेको थियो। अभियानका क्रममा जनताहरुले दलाल व्यवस्थाले जनतालाई लूट मच्चाएको, चरम भ्रष्टाचार बढेको , नयाँ व्यवस्थाको खोजी गर्नुपर्ने, अब कुनै पनि पार्टी र व्यक्तिलाई भोट नदिने धारणा व्यक्त गरेका थिए। कार्यक्रममा पुर्व जनमुक्ति सेनाका बटालियन सहकमाण्डर, पलाटुन कमाण्डर , कम्पनी कमाण्डर, कम्पनी सहकमाण्डर लगायत २ दर्जन क्रान्तिकारी योद्वाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :