नेकपा सिन्धुपाल्चोकले प्रचारप्रसारलाई तीब्रता दिदै

नेकपा सिन्धुपाल्चोकले प्रचारप्रसारलाई तीब्रता दिदै

नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले जनसंगठन तथा जनसेवा अभियान अन्तर्गत प्रचारप्रसारलाई पनि व्यापक बनाएको छ । जिल्लाका विभिन्न गाउँ तथा बजारका स्थानहरुमा ब्यानर, पोस्टर, भित्तेलेखन गर्दै प्रचारप्रसारलाई व्यापक बनाएको छ ।
जिल्लाको चौतारा, बनदेउ र मेलम्ची लगायतका ठाउँहरुमा सचेतनामूलक ब्यानर, पोस्टर टासेकाे र भित्तेलेखन गरेको नेकपा सिन्धुपाल्चोकले जनाएको छ ।
टागिंएको ब्यानर तथा पोस्टरमा, ‘एकीकृत जनक्रान्ति –जिन्दावाद !, दलाल संसदीय व्यवस्था खारेज गरौँ !, वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरौँ !, विकास निमार्णको कार्यमा ढिलासुस्ती, अपारदर्शी, अनियमितता गर्ने र समयमा काम पूरा नगर्ने भ्रष्टाचारी दलाल राजनीतिक ठेकेदार कम्पनीहरुलाई सामाजिक बहिष्कारसहित जनकारबाही गरौँ  !, जथाभावी नदी दोहन, क्रसर, उ‌द्योग सन्चालन तत्काल बन्द गरौँ !, 
वाढी पहिरो पीडितहरुको नाममा आएको राहतको न्यायोचित वितरण, पीडितहरुको व्यवस्थीत पुनः बास, पारदर्शितासहित रकम सार्वजनिक गर !, शान्ति, स्वाधीनता र समृद्धिका लागि प्रगतिशील संयुक्त सरकार गठन गर !, दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने जनअभिमत र जनफैसला गर्न जनमतसंग्रह गरौँ  !, एकीकृत जनक्रान्ति -जिन्दावाद  !, वैज्ञानिक समाजवाद -जिन्दावाद  !, नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक -जिन्दावाद ! लगायतका नारा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :