जनपत्रकार संगठन डोटीको भेला सम्पन्न

अध्यक्षमा जीवन थापा चयन

जनपत्रकार संगठन डोटीको भेला सम्पन्न

जनपत्रकार संगठन नेपाल डोटीको प्रथम भेला सम्पन्न भएको छ ।शुक्रबार सम्पन्न भेलाले जीवन थापाको   अध्यक्षतामा ११सदस्यीय जिल्ला समिति चयन गर्दै भेला सम्पन्न भएको हो ।भेलामा  प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका  केन्द्रिय सदस्य डबल शाह प्रसान्त रहेका थिए भने विशिष्ट  अतिथि जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश संयोजक  प्रकाश थापा रहेका थिए।

भेलालाई सम्बोधन गर्दै ने क पा का केन्द्रिय सदस्य डबल शाहले वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहने बताउँदै पत्रकारहरूले आफ्नो कलम वैज्ञानिक समाजवाद स्थापनाका पक्षमा चलाउनुपर्ने बताए। उनले नेपालमा संसदिय व्यवस्था असफल भइसकेको बताउँदै यसको विकल्प वैज्ञानिक समाजवाद भएको उल्लेख गरे। राजनैतिक दल र दलाल संसदिय व्यवस्था असफल भएकै कारण राजनैतिक निर्णय समेत अदालतले गरिरहेको उनको भनाई थियो।

जनपत्रकार संगठन नेपालका सुदुरपश्चिम संयोजक प्रकाश थापाले व्यवसायिक पत्रकारीता भित्र पनि मिसन रहेको उल्लेख गर्दै जनपत्रकारहरूले वैज्ञानिक समाजवाद स्थापनाको मिसन सहितको पत्रकार बन्नु पर्ने बताए ।ठुला सञ्चारगृहले उत्पिडित जनताको आवाज नबोलेर ठुला व्यवसायिक घरानाको विज्ञापन गरिरहेको बताउँदै जनपत्रकार संगठनका सदस्यहरूले उत्पिडित जनताको आवाज बोल्नुपर्ने उनको भनाई थियो।

जनपत्रकार संगठन डोटीका संयोजक जीवन थापाको अध्यक्षतामा सम्पन्न भेलामा मोहन, प्रकाश, दिपक लगायतका अतिथिहरूको सहभागिता रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :