नेकपा सर्लाहीको नगर भेला सम्पन्न

नेकपा सर्लाहीको नगर भेला सम्पन्न

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी सर्लाहीको आयोजनामा बरहथवा नगरपलिकास्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा नगर भेला सम्पन्न भएको छ ।

नगर भेलामा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मिसन शाही प्रमुख अतिथि रहेका थिए भने अतिथिहरूमा सर्लाही जिल्ला सेक्रेटरी कमल सुश्लिङ, मिथिला स्वायत्त जनपरिषद् नेपाल तथा महोत्तरी जिल्ला सेक्रेटरी पवन महतों, सर्लाही जिल्ला पूर्व सेक्रेटरी जनक राउत, अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य तथा बरहथवा नगरपालिका इन्चार्ज पदम मगर, किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय सदस्य किशुनदेव शर्मा, जिल्ला सदस्य ठगाराम र अखिल (क्रान्तिकारी) रौतहट जिल्ला संयोजक अभिषेक शाही रहेका थिए । उक्त नगर भेलाले रामनाथ यादवको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन गरेको छ ।

नवनिर्वाचित कमिटीलाई ठगारामलगायतले बधाई र स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन अखिल (क्रान्तिकारी) सर्लाही संयोजक अर्पण पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :