नेकपा भरतपुर महानगरको वार्ड स्तरीय राजनैतिक प्रशिक्षन सम्पन्न

नेकपा भरतपुर महानगरको वार्ड स्तरीय राजनैतिक प्रशिक्षन सम्पन्न

भरतपुर : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला अन्तर्गत भरतपुर महानगरको १६ नम्बर वार्ड स्तरीय राजनैतिक प्रशिक्षन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम चितवन जिल्ला सदस्य पुरन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलको प्रमुख अतिथ्यता, नेकपा विशेष कमिटीका सेक्रेटरी महेश चौधरी र जिल्ला सदस्य रघुबीर शर्माको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा भरतपुर १६ स्थित शान्तिचोक निबासी होनहार युवा दलाल संसदीय व्यावस्थाको विकल्प एकीकृत जनक्रान्ति बाहेक अरू हुन सक्दैन भन्ने निष्कर्षसहित सञ्जय पाख्रिनले पार्टी प्रबेश गर्दै अब दलाल संसदीय व्यवस्था जरैदेखि उखेलेर फाल्न हजारौँ युवाहरू गोलबन्द हुनुपर्ने बताए ।

कार्यक्रममा उपस्थित माहनुभाबलाई प्रशिक्षण दिँदै प्रमुख अतिथि पौडेलले नव प्रबेशीलाई पार्टीमा स्वागत गरे । उनले एकीकृत जनक्रान्ति नै आम नेपाली जनताको मुक्तिको यात्रा हो यसमा सम्पूर्ण नेपाली जनता लामबद्ध हुनुको अर्को बिकल्प नभएकोले उपस्थित सम्पूर्णलाई जनक्रान्तिमा लामबद्ध हुन अनुरोध गरे । त्यसैगरी विशेष कमिटीका सेक्रेटरी महेशले भरतपुर १६ बिगतदेखि नै कम्युनिस्टहरूको उर्बर भूमि भएको र दशबर्षे जनयुद्धको क्रममा पनि करिब दुई दर्जन युवाहरूले मुक्ति युद्धमा आफ्नो जीवन उत्सर्ग गर्नु भएको थलो भएकोले यो भूमि र वार्डको विशेष इतिहास रहेको हुँदा यहाँ रहेका सम्पूण वाडाबासीलाई कम्युनिस्ट बन्न र बनिरहन अनुरोध गरे ।

कार्यक्रमको अन्त्यमा १६ नम्बरमा रहेका करिब १५० जना बिपन्न विद्यार्थीहरूलाई कापी कलम बितरण गर्न स्थानीय नेता रत्न रुम्बा र टेकबहादुर बिकलाई पार्टीले कापी कलम हस्तान्तरण गर्दै कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :