कैलालीमा नेकपाको संगठन विस्तार तिब्र

पार्टी र ज.व.स. ,मोर्चाका स्थानीय संगठन पुनर्गठन गर्दै

कैलालीमा नेकपाको संगठन विस्तार तिब्र

नेपाल कम्युनिष्ट पार्टी कैलालीले जिल्ला भित्र संगठन विस्तार अभियानलाई तिब्र बनाएको छ। कैलालीका सबै स्थानीय तहहरूमा संगठन व्यापक रूपमा विस्तार गरिएका छन्।पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकले कैलाली इन्चार्ज ओमप्रकाश पुन र सचिवको जिम्मेवारी दिपेन्द्र चलाउनेलाई दिएपछि बसेको जिल्लाको १३ औ पुर्ण बैठकले सबै स्थानीय तहहरूमा कार्यविभाजन गर्दै सङ्गठनात्मक कामलाई तिब्रता दिने निर्णय गरेको थियो।

जिल्लाका सबै स्थानीय पार्टी समितिका बैठक सम्पन्न भई योजना कार्यान्वयन गरिरहेको नेकपा कैलाली सचिव दीपेन्द्र चलाउनेले जानकारी दिए। पार्टी, नेता ,कार्यकर्ता र जनताबिचको सम्बन्धलाई सुदृढ गर्न अभियान सञ्चालन ,सामाजिक विकृत्ति र विसंगति विरुद्ध चेतनामुलक कार्यक्रम, संगठन सुदृढीकरण तथा विस्तार, दलाल, भुमाफिया, तस्कर, पासबन्धकी र मिटरब्याजमा संलग्नलाई सचेत गराउने र जनकारवाही लगायतका योजना कार्यान्वयन गरिरहेको उनले बताए।

संगठन विस्तारलाई तिब्र बनाएको पार्टीले शनिबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ मा पार्टीको टोल समिति गठन गरिएको छ। कार्यक्रममा धनगढी इन्चार्ज रमेश साउँद, जिल्ला सदस्य सिताराम चौधरी, मनमाया गहतराज लगायतका नेताहरू उपस्थित थिए।


गोदावरी नगरपालिका वडा नम्बर १ मा भिम नेपालीको अध्यक्षतामा वडा समिति पुनर्गठन गरेको छ। गोदावरी वडा समिति बैठकलाई युवा नेता समुन्द्र, जिल्ला कार्यलय सचिव प्रकाश रावल,नगर सचिव साजन लगायतले सम्बोधन गरेका थिए।

त्यसैगरि टिकापुर नगरपालिकाको वडा नम्बर १ मा धनबहादुर कार्कीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति र वडा नम्बर ७ मा ठग्गु चौधरीको अध्यक्षतामा ९ सदस्यीय वडा समिति पुनर्गठन गरेको छ । वडा समिति बैठकमा टिकापुर नगर इन्चार्ज हृदय बोगटी लगायत उपस्थित थिए।

बर्दगोरिया गाउँपालिकामा अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको गाँउ भेलाबाट हरीराम चौधरीको अध्यक्षतामा ११ सदस्यीय गाँउ समिति चयन गरेको छ। भेलालाई किसान महासंघ का जिल्ला संयोजक मधुसूदन, गाउँपालिका इन्चार्ज विनिता मल्ल लगायतले सम्बोधन गरेका थिए। भेलाले किसानलाई रासायनिक मलको अभाव देखिएको भन्दै अविलम्ब मलको व्यवस्था गर्न दबाबमुलक कार्यक्रम गर्ने निर्णय गरेको छ।

अभियान अन्तर्गत भजनी नगरपालिका समेत जनभेटघाट तथा छलफल गरिएको कार्यालय सचिव प्रकाश रावलले जानकारी दिए।भजनी स्थित सम्पन्न कार्यक्रममा जिल्ला सचिवालय सदस्य रोशन रैकाल, भजनी नगर इन्चार्ज वरदान लगायतले सम्बोधन गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :