नेकपा सिन्धुपाल्चोकको बाह्रबिसे नगर स्तरीय भेला/प्रशिक्षण सम्पन्न

नेकपा सिन्धुपाल्चोकको बाह्रबिसे नगर स्तरीय भेला/प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकको जनसंगठन तथा जनसेवा अभियान अन्तरगत बाह्रबिसे नगरपालिकाको नगरस्तरीय भेला तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक दोलखा इन्चार्ज प्रवीणको उपस्थितिमा सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रवीणले अहिले यो संसदीय व्यवस्थाको विकल्प जनताको वैज्ञानिक समाजवादी व्यवस्था नै सबैभन्दा उन्नत हुने बताए । त्यसको लागि जनमतसंग्रहमार्फत नेपाली जनतालाई व्यवस्था चुन्न दिनुपर्ने पनि बताए । कार्यक्रममा वर्तमान राष्ट्रिय राजनैतिक अवस्था, अन्तर्राष्ट्रिय परिवेश तथा समग्र पार्टीको धारणासहित सहभागीहरुलाई प्रशिक्षित गराउँदै उनले भने, एकीकृत जनक्रान्ति भनेको हामी सबै मिलेर लड्ने हो, यो व्यवस्था भनेको दलालहरुको व्यवस्था हो, त्यसैले यो व्यवस्थालाई खारेज गर्दै जनतालाई एकजुट बनाएर राष्ट्रियता बचाउनेसहितको समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ ।

अर्का अतिथि पार्टीका सिन्धुपाल्चोक जिल्ला सचिव युगीनले कार्यक्रमलाई सम्बोधन गर्दै अहिले नेपाली जनताले संसदीय व्यवस्थाकै कारण दुःख पाइरहेको बताए । सचिव युगीनले जिल्लाको समसामयिक विषयसहित तत्कालीन जिल्लाको राजनैतिक, सामाजिक र एकीकृत जनक्रान्तिमा सिन्धुपाल्चोकबासीको महत्त्वसहित भेलालाई प्रशिक्षित गरे । अहिले जनताको मतबाट राज्य व्यवस्था परिवर्तन गर्न पार्टीले लिएको जनमतसंग्रहको विषषलाई जनताको घरघरमा गएर प्रचार गर्न र जनतालाई बुझाउन आवश्यक रहेको बताए ।

त्यसैगरी कार्यक्रमलाई जिल्लाको विषेश कमिटी सदस्य तथा अतिथि किरण घिमिरेले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव दावा लामाले स्वागत तथा शुभकामना दिएका थिए भने कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा युवा संगठनका संयोजक सुमनको पनि उपस्थिति थियो । बाह्रबिसे नगर सेक्रेटरी अमर तामाङको अध्यक्षता भएको कार्यक्रममा कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य तथा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य मुकुन्द श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :