कञ्चनपुरको भीमदत्तनगरमा युवा संगठन नेपालको नगर भेला सम्पन्न

कञ्चनपुरको भीमदत्तनगरमा युवा संगठन नेपालको नगर भेला सम्पन्न

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुरको भीमदत्त नगरमा युवा संगठन नेपालको नगर भेला सम्पन्न गरेको छ। दीपेन्द्र ऐरीको अध्यक्षतामा युवा संगठन नेपाल को २५ सदस्यीय कार्यसमिति चयन गर्दै भेला सम्पन्न भएको हो ।

उक्त नगर भेलामा प्रमुख अतिथि नेकपा कञ्चनपुर सचिव रमेश नेपाली ”जिवन ” रहेका थिए। भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा जिल्ला सचिव जीवनले एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न युवा संगठनको महत्वपूर्ण भूमिका रहने बताए। युवा संगठनको राजनीतिक एजेण्डासंगै सामाजिक रूपान्तरणको जिम्मेवारी समेत रहेको बताउँदै समाज रूपान्तरणको नेतृत्व लिन अनुरोध गरे। युवाहरू लागूऔषध, जुवातास जस्ता दुर्व्यसनमा फसिरहेको तर्फ सचेत गराउँदै यस्ता विकृत्ति नियन्त्रण गर्नुपर्ने उनको भनाई थियो।


दलाल संसदीय व्यवस्थाले देशमा राजनैतिक अस्थिरता र भ्रष्टाचार बढाएको उनको आरोप थियो। संसदिय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न आवश्यक भएको र जनमतसंग्रह मार्फत व्यवस्थाको फैसला गर्ने अधिकार जनतालाई दिनुपर्ने उनको भनाई थियो।

नगर भेलामा युवा संगठन केन्द्रीय सदस्य भुवन कुवर, संगठन का सेति महाकालि व्युरो कार्यलय सचिव मनमोहन ,संगठन जिल्ला अध्यक्ष बिरेन्द्र जोशी, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग सदस्य संकर महरा लगायत नेताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :