दलित मोर्चाले गर्यो नेकपा केन्द्रीय सम्पर्क कार्यालय निर्माणको लागि सहयोग

दलित मोर्चाले गर्यो नेकपा केन्द्रीय सम्पर्क कार्यालय निर्माणको लागि सहयोग

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा, नेपाल जिल्ला समिति काठमाडौँले केन्द्रीय सम्पर्क कार्यालय निर्माणकार्यको लागि सिमेन्ट उपलब्ध गराएको छ ।

मोर्चाका काठमाडौँ जिल्ला अध्यक्ष नन्दसिंह विक र सचिव बिर्खबहादुर परियारको बिशेष पहलमा ललितपुरको हरिशिद्दीमा बन्दै गरेको केन्द्रीय सम्पर्क कार्यालय निर्माणको लागि २० बोरा सिमेन्ट केन्द्रीय कार्यालयलाई हस्तान्तरण गरेको हो । आफूहरू अहिले मोर्चाको अभियानमा भएको र श्रमदान गर्ने समय नभएको हुँदा श्रमदान स्वरुप निर्माणकार्यको लागि सिमेन्ट उपलब्ध गराएको मोर्चाका सचिव बिर्खबहादुर परियारले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालयले निर्माण सामाग्री उपलब्ध नभएर निर्माणकार्यमा ढिलाइ भएको बेला सिमेन्ट उपलब्ध गराएकोमा मोर्चालाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :