नेकपा अछामद्वारा सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार तिब्र

नेकपा अछामद्वारा सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार तिब्र

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले साउन १५ गते उद्घाटन गरेको सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियानलाई तिब्र पारेको छ । जिल्लाको मेल्लेख गाउँपालिका ६ सोडसमा एक कार्यक्रमको आयोजना गरि विचार गोष्ठी सम्पन्न गरेको हो ।

गाउँ कमिटी सदस्य सिता वडको अध्यक्षतामा जिल्ला सङ्गठन समिति अछामका सदस्य तथा मेल्लेख, बन्निगडी जयगड गाउँपालिका इन्चार्ज तिलक बिष्ट ‘दीप’ प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको सञ्चालन गाउ कमिटी सचिव जोगेन्द्र बुढाले गरेका थिए ।

कार्यक्रमममा प्रमुख अतिथि तिलक बिष्ट ‘दीप’ ले देशको वर्तमान राजनीतिक अवस्था, राष्ट्र राष्ट्रियताको सवाल, जनताको जनजीविकासँग जोडिएका विषय, समाजका कुरीति कुसंस्कार लगायतका विषयमा आफ्नो धारणा राखेका थिए । उनले वर्तमान सरकारले जयसिंह धामीको हत्याको विषयमा गम्भीर नभएको भन्दै असन्तुष्टसमेत व्यक्त गरेका थिए । दिपले वर्तमान राष्ट्रिय सङ्कटको निकास वैज्ञानिक समाजवाद नै भएकोले जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न सबै सहमत हुनुपर्ने कुरामा जोड दिए । उनले सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान जिल्लाका सबै स्थानीय तहमा तिब्रताका साथ चलिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :