सहिद रामवृक्ष यादव क्रान्तिका ऊर्जाशील प्रेरणा–स्रोत हुन् : महासचिव विप्लव

सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धाञ्जली

सहिद रामवृक्ष यादव क्रान्तिका ऊर्जाशील प्रेरणा–स्रोत हुन् : महासचिव विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपाका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा र जनचेतना प्रवाहमा लामो समय शिक्षण पेसामा समेत संलग्न रहँदै समाजमा विद्यमान सबै किसिमका उत्पीडन र दमनविरुद्ध निरन्तर सङ्घर्षका क्रममा आम श्रमिक जनसमुदाय माँझ उहाँ ‘मास्टरसाब’ को नाममा परिचित र लोकप्रिय रहेको भन्दै पार्टीका तर्फबाट सम्मानपूर्वक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गरी महासचिव विप्लवले यादव ‘सादा जीवन र उच्च विचार’ को जीवन्त नमुना आफ्नो सम्पूर्ण परिवारलाई पार्टी, क्रान्ति र बलिदानको लागि अभिप्रेरित गर्नु हुने मास्टर साब सिङ्गो नेपाली समाज, कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीका निम्ति उर्जाशिल प्रेरणा स्रोत रहेको बताएका छन् । साथै यादव लगायत महान् सहिदहरूले देख्नु भएको सपना नेपालबाट सामन्ती तथा दलाल पुँजीवादी सत्ताको अन्त्य, नेपाली श्रमिक जनताको मुक्ति, राष्ट्रिय स्वाधीनताको स्थापना, नयाँ जनवाद–वैज्ञानिक समाजवादको स्थापना अझैँ अधुरै रहेको भन्दै उक्त लक्ष्य पूरा गर्न हाम्रो पार्टी निरन्तर सङ्घर्षमा डटिरहेको बताएका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘आज भाद्र २ गते महान् सहिद क.रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा हामी उहाँप्रति सम्मान पूर्वक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । २००३ सालमा धनुषाको बर्मझियामा जन्मनु भएका क. रामवृक्ष यादव नेपाली कम्युनिस्ट आन्दोलनका एक उदाहणीय र अग्रज नेतृत्व हुनुहन्छ । तत्कालिन सरकारले स्थानीय अपराधी जत्थाको सहयोगमा २०५१ साल आजकै दिन उहाँको निशृस हत्या गरेको थियो । शिक्षा र जनचेतना प्रवाहमा लामो समय शिक्षण पेसामा समेत संलग्न रहँदै समाजमा विद्यमान सबै किसिमका उत्पीडन र दमनविरुद्ध निरन्तर सङ्घर्षका क्रममा आम श्रमिक जनसमुदाय माँझ उहाँ ‘मास्टरसाब’ को नाममा परिचित र लोकप्रिय हुनुहन्थ्यो । श्रमजीवि जनताको अधिकार र मुक्तिका निम्ति वैज्ञानिक समाजवाद अपरिहार्य रहेको मान्यता राख्नुहुने क. यादव सोही उद्देश्यप्रति प्रतिबद्ध र आजिवन सोही उद्देश्य प्राप्तिका लागि सङ्घर्ष गर्नु भयो । ‘सादा जीवन र उच्च विचार’ को जीवन्त नमुना आफ्नो सम्पूर्ण परिवारलाई पार्टी, क्रान्ति र बलिदानको लागि अभिप्रेरित गर्नु हुने क. मास्टर साब सिङ्गो नेपाली समाज र कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीका निम्ति उर्जाशिल प्रेरणा स्रोत हुनुहन्छ ।’

विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘अहिले पनि उहाँले देख्नु भएको सपना नेपालबाट सामन्ती तथा दलाल पुँजीवादी सत्ताको अन्त्य, नेपाली श्रमिक जनताको मुक्ति, राष्ट्रिय स्वाधीनताको स्थापना, नयाँ जनवाद–वैज्ञानिक समाजवादको स्थापना अझैँ अधुरै रहेकोछ । उक्त लक्ष्य पूरा गर्न हाम्रो पार्टी निरन्तर सङ्घर्षमा डटिरहेको छ । हाम्रो पार्टी उहाँ लगायत महान् सहिदहरूको सपना पूरा गर्न प्रतिबद्ध रहेकोछ ।’

महासचिवले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘हामीले यो अवसरमा देशको राजनीति समस्याको समाधानको निम्ति दलाल पुँजीवादी सत्ताको अन्त्य जनमत अर्थात जनमतसङ्ग्रहबाट फैसला होस् भन्ने प्रस्ताव गरेका छौँ ।त्यसैले सबै कम्युनिस्ट, देशभक्त, प्रगतिशील लोकतन्त्रवादीलाई एकताबद्ध भएर देशको रुपान्तरणका लागि अघि बढ्न अपिल गर्दछौँ ।’ प्रेस विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :