अखिल (क्रान्तिकारी) द्वारा हेल्पिङ डेस्क स्थापना

अखिल (क्रान्तिकारी) द्वारा हेल्पिङ डेस्क स्थापना

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कालिका क्याम्पस इकाई समितिले क्याम्पसमा नयाँ भर्ना हुन आउने विद्यार्थीहरूलाई भर्ना प्रक्रिया एवम् अन्य विविध विषयमा आएका समस्यालाई समाधान गर्ने उद्देश्यले सहजीकरणको लागि हेल्पिङ डेस्क स्थापना गरेको छ ।

मङ्गलबार करिब एक सय भन्दा बढी विद्यार्थीहरूलाई भर्ना प्रक्रियामा सहजीकरण गरिदिएको सङ्गठनका रुपन्देही जिल्ला सह–सचिव तथा क्याम्पस इन्चार्ज पवन ज्ञवालीले जानकारी दिए । उनले क्याम्पसमा हुने शैक्षिक समस्याको विषयमा सदैव सङ्घर्ष गर्ने पनि बताए ।

उक्त सहजीकरण कार्यक्रममा सङ्गठनकी रुपन्देही जिल्ला अध्यक्ष इन्दु वली, उपाध्यक्ष पारस राहादी मगर, जिल्ला सदस्य माधव क्षेत्री लगायत उक्त क्याम्पसका इकाई समितिको उल्लेखनीय भूमिका रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :