अखिल क्रान्तिकारी बर्दियाले किन गर्‍यो शिक्षा विकास तथा समन्वय इकाईमा तालाबन्दी,यस्तो छ कारण

माग सुनुवाइ नभए कडा संघर्ष गर्ने चेतावनी

अखिल क्रान्तिकारी बर्दियाले किन गर्‍यो शिक्षा विकास तथा समन्वय इकाईमा तालाबन्दी,यस्तो छ कारण

अखिल क्रान्तिकारी बर्दियाले शिक्षा विकास तथा समन्वय इकाई बर्दियामा तालाबन्दी गरेको छ। पहिलो चरणमा मागपत्र बुझाएको क्रान्तिकारीले दोस्रो चरणमा मा जिल्ला शिक्षा कार्यलय मा ताला बन्दी गरेको हो।

क्रान्तिकारीले शिक्षक नियुक्ति र सरूवामा आर्थिक चलखेल रोकिनुपर्ने, अनलाइन कक्षा र अङ्ग्रेजी माध्यमका नाममा गरिएको पैसा असुली नियन्त्रण गरिनुपर्ने, निजी विद्यालयका शिक्षक र सामुदायिक विद्यालयका निजी स्रोतमा काम गरिरहेका शिक्षक कर्मचारीमाथिको आर्थिक शोषण रोकिनुपर्ने लगायतका माग राखेर ज्ञापनपत्र बुझाएको क्रान्तिकारीले माग सम्बोधन गर्न कुनै पहल नगरेको र शैक्षिक विकृत्ति नरोकिएको भन्दै तालाबन्दी गरेको हो ।

माग सुनुवाइ नभए तेस्रो चरणमा थप संघर्षका कार्यक्रम गर्ने अखिल क्रान्तिकारी बर्दिया अध्यक्ष हरिप्याकुरेलले जानकारी दिए।
तालाबन्दी कार्यक्रममा क्रान्तिकारीका बर्दिया इन्चार्ज लोकेश राज जोशी , बर्दिया जिल्ला अध्यक्ष हरि प्याकुरेल लगायत नेताकार्यकर्ता उपस्थित रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :