अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतको जिल्ला भेला सम्पन्न

अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतको जिल्ला भेला सम्पन्न

सुर्खेत : अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ जिल्ला समिति सुर्खेतको जिल्ला भेला आइतबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि सहिद परिवार समाजका केन्द्रीय सदस्य ऐना धमाला ‘योजना’ ले यो संसदीय व्यवस्थामा जनताले उपचार नपाएर मरिरहेको बेला वैज्ञानिक समाजवादमा जनताले कस्तो स्वास्थ्य सेवा पाउँछन् ? भन्ने देखाउन अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घले नमूना बनेर देखाउनु पर्ने आवश्यकता रहेको बताए ।

यस्तै विशेष अतिथि नेकपा वीरेन्द्रनगर नगरपालिका इञ्चार्ज यामराजले यो दलाल पुँजीवादले जनताको स्वास्थ्यमा खेलवाड गरिरहेको हुँदा जनताले सर्वसूलभ, गुणस्तरीय र निःशुल्क स्वास्थ्य सेवा पाउनको लागि जनमतसङ्ग्रहको माध्यमबाट यो व्यवस्थालाई फालेर नयाँ व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए ।

महान् सहिदहरूप्रति श्रद्धाञ्जली स्वरुप १ मिनेट मौनधारणबाट सुरु गरिएको उक्त भेलाले भुमिप्रसाद उपाध्यायकोे अध्यक्षतामा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतको ७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको थियो भने भेला पनि भुमिप्रसाद उपाध्यायकै अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :