सत्ता र शक्तिको बलमा सम्झौता विपरीत उत्खनन गर्ने कम्पनीलाई कारवाही गर : नेकपा

सत्ता र शक्तिको बलमा सम्झौता विपरीत उत्खनन गर्ने कम्पनीलाई कारवाही गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बाँकेले सत्ता र शक्तिको बलमा खोला किनार वरिपरी जम्मा गरी राखिएको सम्पूर्ण ढुङ्गा, गिट्टी र बालुवा अविलम्ब जनताको सम्पत्ति घोषणा गर्न राप्तीसोनारी गाउँपालिकासँग जोडदार माग गर्दै यदि साउनको महिनाभित्र उक्त कार्य पूरा नगरिएमा पार्टी सङ्घर्षका थप कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ । साथै जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला समन्वय समितिको कार्यालय बाँके र वन डिभिजन कार्यालय बाँकेलाई पनि ध्यानाकर्षणसमेत गराएको छ ।

जिल्ला इन्चार्ज दीपक र सेक्रेटरी अनिलले आइतबार प्रेस वक्तव्यमार्फत जिल्लाको राप्तीसोनारी गाउँपालिका अन्तर्गतका राप्ती नदी लगायत विभिन्न खोलाहरूमा ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन गर्ने अनुमति लिएका कम्पनीहरूले सम्झौता भन्दा कैयौँ गुणा बढी परिमाणमा उत्खनन गरि राज्यको सम्पत्तिमाथि चरम दोहन गरेको तथ्य प्रमाणित भएको भन्दै यसखाले राष्ट्र र जनताको हित विरोधी कार्यको घोर विरोध गरेका छन् । साथै गम्भीर राजनैतिक अस्थिरता र चरम बेथितिले देश र जनतालाई आक्रान्त बनाइरहेको यो बेला देश र जनताप्रति जवाफदेही र इमान्दार सम्पूर्ण पङ्क्ति समक्ष राजनैतिक अग्रगमन र सुशासनका लागि सहकार्यसहित अघि बढ्न हार्दिक आह्वान् समेत गरेका छन् ।

जिल्ला इन्चार्ज दीपक र सेक्रेटरी अनिलले प्रेस वक्तव्यमा भनेका छन्, ‘उपरोक्त सम्बन्धमा बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका अन्तर्गतका राप्ती नदी लगायत विभिन्न खोलाहरूमा ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन गर्ने अनुमति लिएका कम्पनीहरूले सम्झौता भन्दा कैयौँ गुणा बढी परिमाणमा उत्खनन गरि राज्यको सम्पत्तिमाथि चरम दोहन गरेको तथ्य प्रमाणित भएको छ । हाम्रो पार्टी यसखाले राष्ट्र र जनताको हित विरोधी कार्यको घोर विरोध गर्दछ । सत्ता र शक्तिको बलमा खोला किनार वरिपरी जम्मा गरी राखिएको सम्पूर्ण ढुङ्गा, गिट्टी र बालुवा अविलम्ब जनताको सम्पत्ति घोषणा गर्न हाम्रो पार्टी राप्तीसोनारी गाउँपालिकालाई जोडदार माग गर्दछ । साथै जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला समन्वय समितिको कार्यालय बाँके र वन डिभिजन कार्यालय बाँकेलाई पनि ध्यानाकर्षण गराउँदछ । यदि साउनको महिनाभित्र यो कार्य पूरा नगरिएमा हाम्रो पार्टी सङ्घर्षका थप कार्यक्रम घोषणा गर्न बाध्य हुनेछ ।’

दीपक र अनिलले प्रेस वक्तव्यको अन्त्यमा भनेका छन्, ‘गम्भीर राजनैतिक अस्थिरता र चरम बेथितिले देश र जनतालाई आक्रान्त बनाइरहेको यो बेला देश र जनताप्रति जवाफदेही र इमान्दार सम्पूर्ण पङ्क्ति समक्ष राजनैतिक अग्रगमन र सुशासनका लागि सहकार्यसहित अघि बढ्न हाम्रो पार्टी हार्दिक आह्वान् गर्दछ । बिडम्बनाको कुरा के छ भने सत्तासिन राजनैतिक पार्टीहरूकै संरक्षणमा घुस, भ्रष्टाचार, महँगी, बेरोजगारी बेलगाम बढिरहेको छ । कोरोनाको भ्याक्सिनमाथि समेत सत्ता र शक्तिको दुरुपयोग गरिएका तमाम तथ्यहरू सार्वजनिक भइरहेका छन् । देश दुशासनको डरलाग्दो चक्रब्यूहमा फसिरहेको छ । यो परिस्थितिले जनतालाई असन्तुष्ट र आक्रोसित पारिरहेको छ । अग्रगामी राजनैतिक निकास बिना यसप्रकारका बेथितिहरूको अन्त असम्भव छ । अग्रगमन सहितको समृद्धि र समृद्धि सहितको शान्ति मात्रै वास्तविक स्थायित्व र विकासको आधार हुने भएकोले सम्बन्धित सबैमा हाम्रो पार्टी गम्भीर बन्न र आवश्यक पहलकदमी लिन विनम्रतापूर्वक अनुरोध गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :